Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

मोहनापुल–अत्तरिया ६ लेन सडक निमार्णको ढिलाईले सर्वसाधारणलाई सास्ती

मोहनापुल–अत्तरिया ६ लेन सडक निमार्णको ढिलाईले सर्वसाधारणलाई सास्ती

धनगढी, २९ चैत । मोहनापुल–अत्तरिया ६ लेन सडक निमार्ण कछुवा गतिमा हुदा सर्वसाधारणलाई सास्ती भएको छ । घाम लागे धुलो र पानी पर्दा हिलाम्मे सडकमा यात्रा गनुपर्दा सर्वसाधारण सास्ती भएको हो । २०७६ साल जेठमा सक्नुपर्ने काम हालसम्मको प्रगति हेर्दा समयमै पूरा नहुने देखिएको आयोजनाले जनाएको छ ।

निर्माणमा ढिलाई हुदा हिडडुल गर्न सास्ती भएको सर्वसाधारणले गुनासो गरेका छन् । ६ लेन सडकसँगै जोडिएका पसलहरूको व्यापार धुलो र हिलोले चौपट भएको छ ।धनगढी अतरिया अवातजावत गर्ने यात्रुले पनि भोग्नु परेको छ ।ठेकेदार र सरोकारवाला निकायका कारण स्थानीयबासिन्दाले एक वर्षदेखि धुलो र हिलो खेप्नुपरेको परेको छ ।

प्रदेशकै प्रमुख व्यापारिक केन्द्र धनगढी भएकाले यो सडकमा बस, ट्रक, ट्याक्टर, मोटरसाइक लगायत दैनिक सयौँ सवारीसाधन गुड्छ्न । बोराडाँडी, राजपुर, गेटालगायत क्षेत्रका स्थानीय दैनिक साइकल र पैदल ओहोरदोहोर गर्छन ।निर्माण कार्यमा ढिलाई हुदा घाम लागेमा धुलै धुलो र सामान्य पानी परे पनि हिलै हिलो हुने भएपनि त्यसमा सम्बन्धीत निकायको ध्यान गएका् छ्रैन ।

खानेपानी र विजुलीका लाईन सार्ने कार्यमा ढिलाई हुदा पानिको अभाव विद्युतिय उपकारण संचालन गर्न समस्या भएकालेसडक निर्माणमा तिव्रता दिन इन्जिनर खगेन्द्र बहादुर शाहीले बताए ।
१ अर्ब ६८ करोड रुपैयाँ लागत रहेको आयोजनाको काम ३ खण्डमा विभाजन गरेर भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x