Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

लुक्लामा जहाज दुर्घटनमा ४ जनाको मृत्यु

लुक्लामा जहाज दुर्घटनमा ४ जनाको मृत्यु

काठमाडौं, १ बैशाख । सोलुखुम्बु स्थित लुक्लाको तेञ्जिङ हिलरी विमानस्थलमा समिट एयरको विमान दुर्घटनामा परेको छ । आज विहान ९ः१० मा काठमाडौंका लागि उड्न लागेको विमान धवानमार्गबाट चिप्लिएर दुर्घना भएको हो ।

सो दुर्घटनामा परि सह चालक, विमान स्थलमा खटिएका सुरक्षाकर्मी सहित ४ जनाको मृत्यु र २ जना घाइते भएा छन् । मृत्यु हुनेमा विमानका सह चालक सुदिप ढुंगाना, नेपाल प्रहरीका असई राम बहादुर खड्का, रुद्र बहादुर खड्का र १ जना मृतकको पहिचान हुन भने बाँकी रहेको जनाइएको छ। विमानका सह चालक सुदिप ढुंगाना र प्रहरीका असई राम बहादुर थापाको भने घटना स्थलमा नै मृत्यु भएको थियो भने प्रहरी असई रुद्र बहादुर खड्का र अर्का एकको भने उपचारको क्रममा काठमाडौंको ग्राण्डी हस्पिटलमा मृत्यु भएको जानकारी दिइएकोछ ।

विमानमा रहेका १ जना एयर होस्टेज सहित ४ जना यात्रुहरु भने सकुसल नै रहेका छन् । जहाज मैदान छोड्ने क्रममा धवान मार्गबाट चिप्लिएर २ वटा हेलिकप्टरमा ठोक्किएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x