Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

लापरवाहीको पराकाष्ठा, निर्माण पुरा नहुँदै भत्कियो पुल

लापरवाहीको पराकाष्ठा, निर्माण पुरा नहुँदै भत्कियो पुल

काठमाडौं,२ बैशाख । नेपालमा निर्माण भौतिक संरचनामा ठेकदारहरुले कति सम्म लापरवाही गर्छन र कस्ता गुणस्तरको पुर्वाधार निर्माण भएका छन् भन्ने विषयको पछिल्लो नमुना बनेको छ गुल्मी जिल्लाकाो मुसिकोट नगरपालिकामा बडिगाड खोलामाथि निर्माणाधिन बडिगाड पक्कि पुल । जयवुद्ध कन्स्ट्रक्सन प्रालि काठमाडौंले निर्माण गरिरहेको उक्त पुल ढलान सुरु गरेको २ दिन मै भत्किएको छ ।

मुसीकोट नगरपालिकाको झेंदी भन्ने स्थानमा बडिगाड खोलामाथि निर्माणाधिन बडिगाड पुल गुणस्तरमा गरिएको हेलच्याक्राइ र इन्जिनियरीङ्ग त्रुटीका कारण भत्तकिएको स्थानीयले बताएका छन् । पुल दुर्घटना हुदा ५ जना घाइते भएका छन् । ५५ मिटर लामो पुल संघिय सरकार सरकार अन्तरगत ५ करोड लागतमा निर्माण रहेको थियो । यस्तै यस अघि पप्पु कन्सट्रक्सनले निर्माण गरेको बर्दियाको गुलरिया – मगरागढी जोड्ने जब्दिघाट पुल निर्माणधिनको क्रममै भास्सिएको थियो । स्थानिय भादा नदिको सतह अधिक्तम बलौटे भएकोमा वेल सिगंकिगं बिधिको पिलर नबनाइएको र पिलरको दुरी टाढा बनाइएको लगायतको बिभिन्न प्राबिधिक कमजोरीका कारणले पुलको पिलर भासिएको
यस्तै सोही कन्स्ट्रक्सनले निर्माण गरेको काठमाडौं टेकु-कालिमाटी पुल भत्काउनुपर्ने भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x