Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नयाँ वर्षलाई सेयर बजारले बढेर गर्यो स्वागत

नयाँ वर्षलाई सेयर बजारले बढेर गर्यो  स्वागत

काठमाडौं, २ बैशाख । नयाँ वर्ष २०७६ सालको पहिलो कारोबार दिन आज सेयर बजारमा झिनो अंककले बृद्धि भएको छ। उत्तार चढावका बीच बजार ४.७० अंकले बढेर ११८८.७१ को बिन्दुमा चढेको छ ।

आज कारोबारमा आएका मध्ये हाइड्रोपावर,फाइनान्स, जीवन बीमा र अन्य समुहका परिसुचक घटेको छ । माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन, जीवन बीमा, विकास बैंक, होटल र बैंक समुहको परिसुचकमा भने बढेको छ ।

१ सय ६५ कम्पनीको ३० करोड ४५ लाख रुपैयाँ बढीको कारोबार भएको छ । त्यसमा नेको इन्स्योरेन्सको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । कम्पनीको २ करोड ७५ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । त्यस्तै आज एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने नेपाल कम्युनिटि डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x