Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्य पुरा

भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्य पुरा

काठमाडौं, २ बैशाख । राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको मंगलबर ब्रेक थ्रु गरिदै  छ । सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनीयरिङ ओभरसिज प्रालिले टनेल बोरिङ मेसिन अर्थात TBM मार्फत सुरुङ निर्माण सम्पन्न गरेको छ ।

 भेरीगङ्गा नगरपालिका-११ को चिप्लेमा मङ्गलबार आयोजना हुने ‘बे्रक थु्र’ कार्यक्रमको सबै तयारी पूरा भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको मङ्गलबार ‘बे्रक थु्र’ गर्ने हुनुभएको हो  ।

बबई नदीको किनार हात्तीखालबाट करिव १२ किमी चुरे पर्वत छिचोल्दै मेसिन भेरी किनारको चिप्लेमा आइपुगेको हो । विसं २०७४ कात्तिक मसान्तदेखि टिबिएमको सहायताले सुरुङ खन्न थालिएको थियो  । पहिलो पटक नेपाल भित्रिएको टिबिएमको सफल परीक्षणका कारण सुरुङ निर्माणकार्य एकवर्ष अगावै सम्पन्न भएको हो । सुरुङ निर्माणमा चिनियाँका साथै नेपाली प्राविधिक तथा कामदार दुई सिफ्टमा गरी चौबिसै घण्टा खटिएका थिए । भेरीको पानीलाई प्रतिसेकेन्ड ४० घनमिटर सुरुङमार्फत बबई नदीमा खसालेर विद्युत् उत्पादन गर्ने र ५ नं प्रदेशका बाँके र बर्दियाको ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले आयोजना शुरु भएको हो ।

 सुरुङ खन्ने चुनौतीपूर्ण काम सकिए पनि आयोजनामा अन्य पूर्वाधारको काम भने बाँकी नै छन् । विद्युत् उत्पादनदेखि सिँचाइका लागि पानी खसाल्ने ब्यारेज निर्माणको काम भने शुरु हुँदैछ । पानी खसाल्न चिप्लेमा ६ गेजको ब्यारेज निर्माण गरिदै छ । ४६ दशमलव ८ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । यसका लागि हात्तीखालमा विद्युत्गृह निर्माण कार्यको प्रक्रिया शुरु भइसकेको छ । १० अर्ब ५० करोडमा सम्झौता भएको आयोजना सम्पन्न हुँदासम्म ३३ अर्ब १९ करोड खर्च हुने अनुमान गरिएको छ । आयोजनाको सम्पूर्ण काम आर्थिक वर्ष २०७९-८० सम्म सक्ने लक्ष्य राखिएको छ ।

‘बे्रक थु्र’ कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि उपस्थित हुनुहुने आयोजनाले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x