Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनआईबिएल एस क्यापिटल लिमिटेडले सुरू गर्यो निःशुल्क डिम्याट खाता योजना

एनआईबिएल एस क्यापिटल लिमिटेडले सुरू गर्यो निःशुल्क डिम्याट खाता योजना

काठमाडौं,२ बैशख । एनआईबिएल एस क्यापिटल लिमिटेडले नेपाल सरकारको “एक नेपाली, एक डिम्याट खाता” अभियानलाई बनाउन निःशुल्क डिम्याट खाता खोल्ने योजना अघि सारेको छ । यस अभियानबाट बिशेषतः पूँजी बजार भन्दा बाहिर रहेका गृहणी महिला, विद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई फाईदा पुग्ने र सर्वसाधारणहरुमा डिम्याट खाताको पहुंच बुद्धि हुने विश्वास समेत कम्पनीको रहेको छ ।

यो सुबिधा एनआईविएल एस क्यापिटल लिमिटेडको मुख्य कार्यालय लाजिम्पाट लगायत कम्पनीको लालदरवार, ललितपुर, पोखरा, वीरगञ्ज, विराटनगर र वुटवल स्थित शाखा कार्यालयहरु तथा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट पनि प्राप्त गर्न सकिनेछ । यस कम्पनीले निक्षेप सदस्य लगायत निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्रको प्रत्याभुति, लगानी ब्यबस्था सम्बन्धी कार्यहरु लगायत विभिन्न बैंक÷वित्तीय संस्था, होटल, जलविद्युत, लघुवित्त संस्था, जीवन तथा निर्जिवन बीमा कम्पनीहरु गरी जम्मा ४० कम्पनीका करिब १४ लाख शेयरधनीहरुलाई शेयर रजिस्ट्रार सम्बन्धी सेवा पुर्याउदै आइरहेको छ । यसका साथै एनआईविएल एस क्यापिटलले सामुहिक लगानी कोष अन्तर्गत एनआईबिएल समृद्धि फण्ड—१ र एनआईबिएल प्रगति फण्डको कोष ब्यबस्थापकको कार्य समेत गर्दै आएको छ । एनआईबिएल एस क्यापिटल नेपाल इन्भेष्टमेन्ट बैंक लि. को पूर्ण स्वामितवमा रहेको नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सहायक कम्पनी हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x