Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

आफ्नो क्षमता अनुसारको मात्र लगानी गर्नुस्, हामीले लगानीको नाफा घाटाको जिम्मा लिएका हुदैनौं – साउद

आफ्नो क्षमता अनुसारको मात्र लगानी गर्नुस्, हामीले लगानीको नाफा घाटाको जिम्मा लिएका हुदैनौं – साउद

बर्ष २०७५ नेपालको पुँजी बजार कस्तो रह¥यो । बजार विकास र विस्तारका लागी के के प्रयासहरु भए र आगामी दिनमा थप के नौलो पुँजी बजारमा आउँछ र लगानीकर्ताहरुले पुँजी बजारमा लगानी गर्दा के कस्ता कुरामा ध्यान दिनु आवश्यक छ । लगाएत अन्य बजार संग सम्बन्धीत विविध विषयमा अर्थको अर्थले नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदसंग गरेको कुराकारीको सारंश :

एक बर्षको अवधीलाई फर्केर हेर्दा पुँजी बजारले के पायो र के के गुमायो ? २०७६ मा बजारले थप के पाउँछ त ?

२०७५ सालमा नेपालको पुँजी बजारमा नेप्से इनडेक्स घट्यो लगानीकर्ताले आफ्नो अपेक्षा अनुसारको बजार नपाएको हो । तर नेपाल स्टक एक्सचेन्ज र नियमक निकायले गर्नु पर्ने कामको
सन्दर्भमा भने नौलो इतिहास नै कायम भएको छ । जसमा पहिलो नम्बरमा अनलाइन प्रणाली हामीले यो आर्थिक बर्षमा शुरु ग¥यौ । पहिले सेमिअटोमेटिक अनलाईन सिस्टमले कारोबार हुन्थ्यो । हाम्रा नियम कानुनहरु पुराना थिए । लिस्टिनसंग सम्बन्धी कारोबारहरु बाइलज भयो, ट्रान्जेसनसंग सम्बन्धीत बाइलज भयो । गत बर्ष नै हामीले मार्जिन ल्याडिङ्गको काम पनि थालेका छौं । गत बषै नै स्टक डिलरको रुपमा काम गर्न, राइटरिनाउन्स कामहरु गर्ने कार्यविधि बनाएर हामीले धितोपत्र बोर्ड पढाएका छौं । पुँजी बजारमा अक्सन मार्केटलाई अगाडी बढाउन पनि कमिटी गठन गरेका छौ, हामी यही आर्थिक बर्ष भित्र त्यो काम पुरा गर्ने प्रयास गछौं । यसरी हेर्दा नेपालको पुँजी बजारको विकास विस्तारको सन्दर्भमा गत बर्ष २०७५ साल धेरै उपल्वधी मुलक रहेको थियो ।

गत बर्षमा पुँजी बजारको सुधारका धेरै प्रयासहरु भएता पनि त्यसमा असन्तुष्टिहरु पनि त्यति नै आएका थिए नि कारण के हो ?

असन्तुष्टिता आएको किन भने नेप्से इनडेक्स घटेर हो । यो घट्नुका विभिन्न कारणहरु छन् । इनडेक्स नियमक निकायको निति नियमनको कारणले घटेको हैन । बजार स्वतन्त्र छ, स्वतन्त्र बजारमा सेयरको मुल्य घट्ने बढने भइरहन्छ । यो बजारको विशेषता हो । यसमा नियमक निकायले गर्नु पर्ने कामहरु के भने , अहिले सेयर बजारमा आपुर्ति धेरै छ । हाम्रो बजार भनेको नै धेरै जसो इक्विटीमा भर परेको बजार हो । यसमा हामीले बजार बढाउन नसकेको होकि भन्ने भनाईहरु पनि छन् । त्यसैको लागी हामीले स्वचालित अनलाइन सिस्टम ल्याएका हौं । अब भने नेपालका सबै कुनाकाप्चामा बसेका लगानीकर्ताहरु छन् उनीहरुले ब्रोकर मार्फत युजरनेम र पासवर्ड लिएर घरबाटै पनि सेयर कारोबार गर्न सक्नु हुन्छ । खुसीको कुरा यो छ, अहिले त विदेशमा बस्ने नेपालीले समेत अनलाइनबाट कारोबार गरेको पाइएको छ ।

इनडेक्स घटेर लगानीकर्ताहरु असन्तुष्टि भएको भन्नु भयो, यो घट्नुका मुख्य कारणहरु के के हुन त ?

इनडेक्स तल जानुको मुख्य कारण भनेको बैंकको ब्याजदर पनि धेरै बढेकाले, आपुर्ति बढी भयो, राइटइसुका कुराहरु छन्, नयाँ संस्थाहरु पनि खुलेका छन्, लगानीका अन्य अवसरहरु पनि बजारमा भएका कारण पुँजी बजारमा पैसा अन्यत्र गएका हुनाले पनि दोस्रो बजारको कारोबार रकम घटेको हो । तर त्यो घट्यो भन्दैमा सबै नकारात्मक नै भयो भन्न मिल्दैन । सेयर मुल्य घट्दा जो सेयर किन्नेहरु छन् उनीहरुको लागी त राम्रो भयो होला नि, नयाँ लगानीकर्ताहरु बजारमा आए उनीहरुको लागी त यो अवसर हो, कत्तिपय लगानीकर्ताहरुले त अवसरको सदुपयोग पनि गरेका छन् । त्यसैले इनडेक्स तल जानु, सेयर मुल्य घट्नुलाई नकारात्मक नै मान्नु हुदैन् । यसलाई अवसर र आशाप्रदको रुपमा पनि हेर्न सक्नुपर्छ ।

आगामी दिनमा के कसरी पुँजी बजारलाई विकास विस्तार गर्दै यी समस्याहरु दोहोरिन नदिन के गर्ने सोच छ ?

हामीले पुर्वाधार दिने कुरा, नियम कानुनहरु बनाउने कुरामा संवेदनशील छौं, त्यसका लागी हामी अगाडी बढ्छौं । नेपालको पुँजी बजार धेरै मात्रामा फौलिसकेको र सबै लगानीकर्ताले बुझेर मात्र बजारमा आएका छन् भन्ने छैन् । त्यसैले हामीले आगामी आर्थिक बर्ष देखी निरन्तर रुपमा लगानीकर्ताहरुलाई लगानीसंग सम्बन्धीत जनचेतना दिने काम हामी गछौं । बिगतका दिनमा नेपालको पुँजी बजार केही क्षेत्रमा मात्र सिमित रहेको थियो । अनलाइन सिस्टम आइसकेपछि पुँजी बजारको क्षेत्र र त्यसको माग पनि विस्तारै वृद्धि हुदै जान्छ । त्यस कारण भविश्य नेपालको पुँजी बजारको सुनौलो छ । तर त्यसका लागी लगानीकर्ताले विचार के गर्ने भने आफ्नो क्षमता अनुसारको लगानी गर्ने, क्षमता अनुसारको काम गर्ने, बोक्नु सक्ने मात्र भारी बोक्नु प¥यो, बोक्नु नसक्ने भारी बोक्नु भएन । अर्को कुरा लगानी गर्दा पोर्टफोलियो मिलाएर लगानी गर्नु पर्ने हुन्छ । नेप्से इन्डेक्स घट्दा पनि राम्रा कम्पनीहरुमा लगानी गर्ने लगानीकर्ताहरुको प्रतिफल राम्रो छ । त्यस कारण अरुको हल्लाको भरमा होइन कि बजारको स्वअध्यान गरेर लगानी गरेका नेपालको पुँजी बजारमा लगानी गर्ने हो भने भविश्य सुनौलो छ ।

भविस्य थप केही नितिगत परिवर्तन पुँजी बजारमा आउछन् त ?

हामीले अनलाइन प्रणालीको ल्याइसकेका छौं । अब भने त्यसको विकास र विस्तारका लागी मुलुकका ७७ वटै जिल्ला सबै स्थानियतहमा पु¥याउने उदेश्य राखेका छौं । त्यसका लागी हामीले स्टक ब्रोकर साथीहरुलाई आधिकारीक रुपमा प्रतिनिधिको रुपमा नियुक्त गर्न दिनु प¥यो भनेर धितोपत्रबोर्डमा अनुरोध पनि गरेका छौं । अहिले लगानीकर्ताहरुलाई २ वटा मात्र डिम्याट रहेको अवस्था थियो, त्यसको दायरा बढाउन पनि पहल गरेका छौं । यसले गर्दा लगानीकर्ताहरुको संख्या र पहुँच पनि बढ्छ । त्यो संगै नेपालको इक्यिुटीमा मात्र भर परेको हुनाले केही डेरीभेटिभका साना तिना इन्डेक्सका नै भएपनि केही प्रोडक्टहरु ल्याउने तयारी हामीले गरेका छौं । एउटाको ड्राफ्ट पनि आइसकेको छ । त्यसमा हामी फलफ गरिरहेका छौ । आगामी दिनमा दिनहुँ ट्रेडिङ गरिरहने लगानीकर्ताको लागी इटी मात्र नभएर त्यो डेरिभेटिभ प्रोडक्ट पनि छ भन्नका लागी त्यो पनि ल्याउने प्रयास गर्दैछौ । विस्तारै रियलसेक्टर पनि पुँजी बजारमा आउने क्रम जारी छ । नेपाल सरकारको बजेटमा आएको १ अर्ब भन्दा माथीको चुक्तपुँजी भएको संस्थाहरु पुँजी बजारमा आउनु पर्छ भन्ने सरकारको निति अनुसार केही संस्थाहरु आइसकेका छन् भने केही आउने क्रममा छन्, त्यसले गर्दा पनि कारोबार बढ्छ । संस्थाहरुले आज सम्म हकप्रद सेयर जारी गरेर मात्र पुँजी बढाउने प्रचलन रहेको थियो आगामी दिनमा त्यो नरहला । भविस्यमा यि नितिहरु संगै आवश्यकता अनुसार निति नियमन परिमार्जन गर्ने, थप गर्ने गर्दै अगाडी बढ्छौ ।

धेरै नितिगत परिवर्तनमा लगानीकर्ताहरु खुसी छैनन्, आगामी दिनको नेप्सेको नितिगत परिवर्तनको तयारीमा उनीहरु सहमति होलान् ? उनीहरु सहकार्य, सल्लाह गर्नु भएको छ ?

जहाँ पनि आफुले भनेको, खोजेको अनुसार कतै पनि हुदैन । हजारौं लगानीकर्ताहरु छन् । उनीहरुको आ–आफ्नो सोच छ, अलग अलग इच्छा आकंक्षा राखेका हुन्छन् । ती सबैको व्यक्तिगत रुपमा इच्छा आकंक्षा पुरा गर्न सकिन्दैन । समष्टिगत रुपमा पुँजी बजारलाई व्यवस्थित गरि नियमन, निर्देशन गर्नका, संस्थागत सुसाशन कायम गर्नका लागी हामीले निति नियमनहरु प्रशस्त ल्याएका छौं । नेपाल सरकार, धितोपत्रबोर्ड, नेप्से सबैले आफ्नो ठाँउबाट पुँजी बजार विकास विस्तारका लागी सशक्त रुपमा लागी परेका छौं । लगानीकर्ताहरु असन्तुष्टि हुने अवस्था कतिखेर हुन्छ भने नियमक निकायको कुनै पनि प्रणाली निति नियमनमा समस्या, समयमा नै सेवा सुविधाहरुको उपयोग गर्न पाएनन् भने असन्तुष्टि हुने हो । बाकी त लगानीकर्ताहरुले कहाँ, कति कसरी लगानी गर्ने अनि कति नाफा कमाउने भन्ने त उसमा भर पर्छ । लागानीको नाफा नोक्सानको जिम्मा त हामीले लिने होइन नि ।
बजारमा केही लगानीकर्ताहरु इन्डेक्स घट्यो भने रिस पोख्न नियमक निकायमा आउने गर्छन् । त्यस्तोत गर्नु भएन नि, लगानीकर्ताहरु संग भएको पुँजी कहाँ लगेर लगानी गर्ने भन्ने कुरा त उनीहरुको अधिकारको कुरा हो हामीले भनेर गर्ने होइन् नि । हामी त यति भन्छौ , लगानी गर्दा आफ्नो लगानीलाई सुरक्षित गरेर लगानी गर्नुस्, आफुले सक्ने जति मात्र लगानी गर्नुस्, यति हो भन्ने ।

बिषेश गरि लगानीकर्ताहरुले लगानी गर्दा लगानीगर्दा कस्तो कुरामा ध्यान दिने ? अहिले बजारको अवस्था कस्तो छ ?

अहिले बजारमा कस्तो अबस्था देखिएको छ भने लगानीकर्ताहरुले बैंकबाट मार्जिनमा लोन ल्याएर सेयरमा लगानी गर्छन् । अब नेप्से इन्डेक्स घट्यो मार्जिनको गणना बैंकले गर्न थाल्यो, लगानीकर्ताहरुको बैंकमा पैसा तिर्न सक्ने अवस्था छैन् । त्यस कारणले सस्तोमा नै भएपनि सेयर बेचेर बैंकको ऋण तिर्नु पर्ने र उनीहरुले गुमाउनु पर्ने हुन्छ । त्यस कारण आफु संग नभइपनि बैंकबाट कर्जा लिएर लगानी गर्नु हुदैन, आफ्नो क्षमता जति छ त्यति लगानी गर्नु पर्छ । अर्को कुरा नामै त पुँजी बजार, १ बर्ष भन्दा बढी टिक्ने सम्पतीलाई पुँजी भन्छौं । त्यस कारण आजको भोलि नै नाफा कमाउने गरि नभएर दिर्गकाल सम्म लगानीको प्रतिफल लिन सकिने रकमलाई मात्र पुँजी बजारमा लगानी गर्ने हो । बजारमा लगानी गरिसके पनि नाफा नै हुन्छ भने हुदैन, जहाँ बढी नाफा त्यहाँ बढी जोखिम हुन्छ, यो कुरालाई ध्यान दिएर काम गरेमा लगानीकर्ताहरुले कराउनु, गुनासो गर्नु आवश्यक नै पर्दैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x