Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

नियमविपरीत काम गर्ने १० म्यानपावर खारेजीमा

नियमविपरीत काम गर्ने १० म्यानपावर खारेजीमा

काठमाडौं,१७ बैशाख । वैदेशिक रोजगार विभागले १० वटा म्यानपावर कम्पनी खारेज गरेको छ। नियमविपरीत काम गरेका तथा समयमा नविकरण नगराएका कारण गत फागुन १५ मा भएको निर्णय अनुशार ती म्यानपावर खारेज गरिएको विभागको भनाइ छ ।

अधिकाश म्यानपावर समयमा नविकरण नगराएका कारण खारेजिमा परेका छन् भने कतिपय म्यानपार नियमविपरित वैदेशिक रोजगारीका नाममा एक देश भनेर अर्को देश पुर्‍याउने, एउटा काममा समझदारी गरेर अर्को काममा खट्याउने, काम र कमाइको प्रलोभनमा मोटो रकम असुल्ने तथा कामदार विदेश नपठाउनेलगायत कार्य गरी कामदार अलपत्र पार्ने गरेको पीडितहरुको उजुरी र प्रमाणका  आधारमा समेत खारेज गरिएको विभागले जनाएको छ ।

खारेजीमा पर्नेहरुमा इमरेल्ड इन्टरनेशनल, ध्वानी इन्टरनेशनल इनोभेटिभव इन्टरनेशनल, प्रशिद्धि ओभरसिज, निजम अभोरसिज लगायत १० ओटा रहेका छन् । यस अघि पनि विभिन्न कारणका कारण ढेडसय बढी म्यानपावर खारेजीमा परेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x