Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

प्रदेश ५ ले ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ मनाउँने

प्रदेश ५ ले ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ मनाउँने

काठमाडौं, २५ बैंशाख । प्रदेश नं. ५ को सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाउँने भएको छ । राजधानीमा आज पत्रकार सम्मेलनको आयोजना गरि प्रदेश सरकारले यस्तो जानकारी दिएको हो ।

आउँदो जेष्ठ ४ गते लुम्बिनीबाट भ्रमण वर्षकोे शुभारम्भ राष्ट्रपतिद्वारा उद्घाटन गरिने प्रदेश ५ सरकारले जनाएको छ । संसार भरका बुद्धमार्गीहरुलाई लुम्बिनी र नेपालको भ्रमण गराउँन भ्रमण वर्ष मनाउँन लागेको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जानकारी दिए ।

त्यस्तै यो वर्षको बृद्ध पूर्णिमादेखि अर्काे वर्षको चैत शुक्ल पूर्णिमासम्म मनाईने भ्रमण वर्षमा व्यापक प्रचारप्रसार गर्ने, आन्तरिक तथा विदेशी पर्यटकहरुलाई आकर्षण गर्ने र प्रदेशका अन्य आकर्षक पर्यटकीय स्थानसँग जोडेर लैजाने र नेपालीहरुमा पनि भ्रमण सँस्कृतिको विकास गर्ने भ्रमण वर्षको उद्देश्य रहेको उनको भनाई छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x