Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

भदौमा ५ दिने फर्निचर तथा फर्निसिङ्ग एक्स्पो हुने

भदौमा ५ दिने फर्निचर तथा फर्निसिङ्ग एक्स्पो हुने

काठमाडौं, २९ बैशाख । फर्निचर तथा फर्निसिङ्ग एक्स्पो फर्नेक्स २०१९ आगामी भदौ २५ देखि २९ गतेसम्म हुने भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ्ग संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त एक्स्पो हुने जानकारी गराएको हो ।

एक्स्पोमा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकले जानकारी दिएको छ । मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने संघको विश्वास छ ।

नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङ्गका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा एक्स्पो आयोजना हुँदै आएको आयोजकले जानकारी दियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x