Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सेन्ट्रल फाइनान्सको हकप्रद शेयर पौष २३ बाट 

सेन्ट्रल फाइनान्सको हकप्रद शेयर पौष २३ बाट 

काठमाडौं, ६ पौष । सेन्ट्रल फाइनान्सको हकप्रद शेयर पौष २३ बाट बिक्री खुल्ला हुने भएको छ । शेयर मुल्य समायोजन गरिएको छ । फाइनान्सले २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । फाइनान्सको हकप्रद शेयरको आवेदन माघ २८ गतेसम्ममा लागि रहेको जनाइएको छ ।

सेन्ट्रल फाइनान्सले एक सय रुपैयाँ अंकित मुल्य भएको २६ लाख ३ हजार ३१४.०८ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हकप्रद शेयर निष्कासनको लागि फाइनान्सले एनआईबिएल क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

फाइनासले हकप्रद शेयरको लागि पौष ४ गते शेयर दर्ता पुस्तिका बन्द गरेको थियो । हकप्रद दिने भएपछि फाइनान्सको शेयर १४८ रुपैयाँमा मुल्य समायोजन गरेको छ । नेप्सेको अनुसार फाइनान्सको शेयर आधार मुल्य १७१ रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x