Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सुनको भाउ १ हजारले वृद्धि

सुनको भाउ १ हजारले वृद्धि

काठमाडौं, ३१ बैशाख । स्थानीय बजारमा आज सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले वृद्धि भएको छ । हिजो र अस्ति प्रतितोला ६० हजार रुपैयाँमा समानान्तर कारोबार भएको सुन आज प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै एक हप्तामा सुनको भाउमा प्रतितोला १ हजार ५ सय रुपैयाँले वृद्धि भएको छ । गत बैशाख २४ गते ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउमा एक हप्ताको अन्तरालमा प्रतितोला १ हजार ५ सय रुपैयाँले वृद्धि भएको पाइएको छ ।

त्यसैगरी चाँदीको भाउमा पनि वृद्धि भएको छ । चाँदीमा ५ रुपैयाँले वृद्धि भएर प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x