Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेप्से दोहोरो अंकले वृद्धि, १ अर्ब भन्दा बढीको कारोबार

नेप्से दोहोरो अंकले वृद्धि, १ अर्ब भन्दा बढीको कारोबार

काठमाडौं, ३१ बैशाख । बैशाख महिनाको अन्तिम दिन सेयर कारोबारमा दोहोरो अंकले वृद्धि भएको छ । साताको तेस्रो कारोबार मंगलबार (आज) नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४.१२ अंकले वृद्धि भई १३१५.४५ विन्दुमा पुगेको हो ।

१ सय ७० कम्पनीको ३१ लाख ६६ हजार ४६७ कित्ता सेयर खरिद विक्री हुँदा १ अर्ब ३ करोड ७२ लाख ५८ हजार ७२९ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी सेयर कारोबार नेपाल बैंक लिमिटेडको भएको छ । जसको १० करोड ७९ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

त्यस्तै सबैभन्दा बढी कमाउँनेमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडका सेयरधनी रहेका छन् । उक्त कम्पनीको प्रतिसेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा बढी गुमाउँनेमा सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनी रहेका छन् । उक्त वित्तीय संस्थाको प्रतिसेयर मूल्य ७.५५५५५६ प्रतिशतले घटेको छ ।

त्यसैगरी नेप्सेमा सूचिकृत १२ समूहमध्ये १ समूहको मात्र परिसूचक घटेको छ । अन्य सबैको परिसूचकमा हरियाली छाएको छ । ट्रेडिङ्ग समूहको परिसूचक ०.०७ प्रतिशतले घटेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x