Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

प्रिमियर इन्स्योरेन्सको नाफा १५ करोड ३ लाख

प्रिमियर इन्स्योरेन्सको नाफा १५ करोड ३ लाख

काठमाडौं, १ जेठ । प्रिमियर इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १५ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधीम कम्पनीले १३ करोड ३५ लाख रुपैयाँ नाफा गरेको थियो ।

कम्पनीले यस अवधिमा ६० करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। पुनर्बीमा कमिसन आयबाट १५ करोड ६८ लाख र लगानी कर्जा तथा अन्य आयबाट ६ करोड ४१ लाख रुपैयाँ आम्दानी गरेको छ। त्यस्तै कम्पनीको बीमा कोषमा ४७ करोड ८८ लाख रुपैयाँ र महाविपत्ती जगेडामा ४ करोड ३८ लाख रुपैयाँ रहेको जनाइएकोछ ।

हाल कम्पनीको चुक्ता पुँजी ५८ करोड ४० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६४ करोड १९ लाख रुपैयाँ सञ्चित छ। बीमा समितिको निर्देशन अनुसार कम्पनीले असार मसान्तभित्र एक अर्ब रुपैयाँ पूँजी कायम गर्नुपर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x