Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एकल बिन्दु सेवा केन्द्र संचालनमा, उद्योग दर्ताका सबै काम एउटै भवनबाट

एकल बिन्दु सेवा केन्द्र संचालनमा, उद्योग दर्ताका सबै काम एउटै भवनबाट

काठमाडौं, १ जेठ । सरकारले आज देखि एकल बिन्दु सेवा केन्द्र संचालनमा ल्याएको छ। स्थापनाको चर्चा सुरु भएको दुई दशकपछि सञ्चालमा ल्याइएको सेवा केन्द्रबाट उद्योग दर्ता सम्बन्धी सबै काम गरिने छ। त्रिपुरेश्वरमा रहेको उक्त कार्यालयको आज उद्योग मन्त्री मातृका प्रसाद यादवले उद्घाटन गरे ।

अहिलेसम्म उद्योग दर्ता गर्नुपरेमा विभिन्न सरकारी कार्यालयहरु धाउनुपर्ने बाध्यता थियो । अव उद्योग दर्ता, कम्पनी रजिष्ट्रार, वातावरण प्रभाव मूल्याङकन , विदेशी लगानी तथा प्रविधि हस्तान्तरण, पुर्वाधार लगायतका उद्योग दर्ता गर्न आउने सबै प्रकारका सेवा एउटै भवनबाट उपलब्ध गराइनेछ ।

केन्द्रले लगानीकर्तालाई अनलाइनबाट सेवा प्रदान गर्ने छ । उद्योग मन्त्री यादवले अब लगानीकर्तालाई एउटै ढोकाबाट सबै खालको सेवा उपलब्ध हुने हुदाँ काममा सहजता आउने विश्वास व्यक्त गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x