Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकबीच मर्जरको प्रक्रिया अन्तिम चरणमा, भोली नै सहमति पत्रमा हस्ताक्षरको तयारी

एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकबीच मर्जरको प्रक्रिया अन्तिम चरणमा, भोली नै सहमति पत्रमा हस्ताक्षरको तयारी

काठमाडौं, १ जेठ । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकबीच मर्जरको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । मर्जर सम्बन्धि सम्झौता पत्रमा भोली नै हस्ताक्षर गर्ने गरि आवश्यक प्रक्रिया अघि बढाइएको एक बैंक संचालकले अर्थको अर्थलाई जानकारी दिए ।

यसअघि ओम र प्राईम कमर्सियल बैंकबीच मर्जरको लागि सम्झौता भएको थियो । तर दुवै बैंकले गत बैशाख ८ गते नै मर्जर सम्बन्धी गरेको सम्झौता तोडेका थिए । कर्मचारी व्यवस्थापन, सञ्चालक समितिको मिलान लगायतका बिषयमा सहमति हुन नसकेपछि उक्त सहमति तोडिएको थियो ।

राष्ट्र बैंकले यो घटनामा दुबै बैंकलाई दोषी रहेको ठहर गदै केही अघि मात्र दुवैलाई अन्य कुनै बैंक तथा वित्तिय संस्थासँग मर्जर तथा एक्वीजिशनमा नगएसम्म शाखा विस्तारमा रोक लगाउने निर्णय गरेको थियो । साथै, राष्ट्र बैंकले दिने पुनर्कर्जा लगायत सुविधामा पनि रोक लगाउने निर्णय गरेपछि मर्जरमा जानका लागि बैंकलाई दबाब थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x