Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेप्सेमा लगातार सुधार, १ अर्व ३३ करोड भन्दा बढीको कारोबार

नेप्सेमा लगातार सुधार, १ अर्व ३३ करोड भन्दा बढीको कारोबार

काठमाडौं, १ जेठ । केही दिनयता सेयर कारोबारमा सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.५५ अंकले वृद्धि भई १३२१.०० विन्दुमा बन्द भएको हो । साताको पहिलो कारोबार आइबार ३.०७ अंकले सुधार भएको नेप्सेमा त्यस पश्चात सोमबार र मंगलबार क्रमशः ६.३० र १४.१२ अंकले सुधार भएको थियो ।

त्यस्तै १ सय ७२ कम्पनीको ४० लाख ४३ हजार १५७ कित्ता सेयर खरिद विक्री हुँदा १ अर्व ३३ करोड ३ लाख १४ हजार २४७ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी सेयर कारोबार नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिडिटेडको भएको छ । उक्त बैंकको १४ करोड ८२ लाख भन्दा बढीको सेयर कारोबार भएको हो ।

त्यसैगरी सबैभन्दा बढी कमाउँनेमा नेपाल कम्यूनिटी डेभलोपमेण्ट बैंक लिमिटेडका सेयरधनीहरु रहेका छन् । उक्त बैंकको प्रतिसेयर मूल्य ७.९७ प्रतिशतले वृद्धि भएको छ । सबैभन्दा बढी गुमाउँनेमा हिमालयन डिस्टिलरी लिमिटेडका सेयरधनी रहेका छन् । हिमालयन डिस्टिलरीको प्रतिसेयर मूल्य ६.०३७९२ प्रतिशतले घटेको छ ।

नेप्सेमा सूचिकृत १२ समूह मध्ये ६ वटा समूहको परिसूचक वढेको छ भने ६ वटा समूहको परिसूचक घटेको छ । बैंकिङ्ग ०.८४ प्रतिशत, ट्रेडिङ ४.१८ प्रतिशत, डेभलोपमेण्ट बैंक १.६६ प्रतिशत, फाईनान्स ०.३१ प्रतिशत, अन्य १.०९ प्रतिशत र माइक्रोफाईनान्स समूहको परिसूचक ०.०१ प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी होटल १.६ प्रतिशत, हाइड्रोपावर ०.६१ प्रतिशत, निर्जीवन बीमा ०.६४ प्रतिशत, उत्पादन तथा प्रशोधन २.२८ प्रतिशत, जीवन बीमा ०.२६ प्रतिशत र म्यूचियल फण्डको परिसूचक ०.३८ प्रतिशतले घटेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x