Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

राष्ट्रिय वाणिज्य बैंकको दरबारमार्ग शाखामा लकर सेवा प्रारम्भ

राष्ट्रिय वाणिज्य बैंकको दरबारमार्ग शाखामा लकर सेवा प्रारम्भ

काठमाडौं, १ जेठ । राष्ट्रिय वाािणज्य बैंक लिमिटेड शाखा कार्यालय दरबारमार्गमा लकर सेवाको प्रारम्भ गरिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले लकर सेवा संचालक गीता थापा मगरलाई साँचो दिएर लकर सेवाको उद्घाटन गरेका हुन् ।

बैंकले हालसम्म करिब तिन हजार वटा लकर सेवा शाखाहरु संचालनमा ल्याएकोे प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ । लकर सेवाको वार्षिक भाडा दर १ हजार पाँच सय देखि तिन हजार रुपैयाँसम्म पर्ने छ भने महालक्ष्मी बचत खाता हुनेलाई वार्षिक भाडामा २५ प्रतिशत छुट दिइनेछ ।

बैंककले काठमाडौं उपत्यकामा मूख्य शाखा कार्यालय विशालबजार, कर्पोरेट शाखा, बानेश्वर शाखा, पुल्चोक शाखा, नक्साल शाखाबाट लकर सेवा संचालन गरिरहेको छ । बैंकको हाल ७ प्रदेशका ७७ वटै जिल्लामा २ सय १९ वटा शाखा कार्यालय, १ सय ७२ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x