Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

पर्यटन प्रवद्र्धनका लागि ‘एक्सपेरियन्स नेपाल’ अभियानको सुरुवात

पर्यटन प्रवद्र्धनका लागि ‘एक्सपेरियन्स नेपाल’ अभियानको सुरुवात

काठमाडौं, २ जेठ । नेपालको पर्यटन प्रवद्र्धनका लागि ‘एक्सपेरियन्स नेपाल’ अभियानको सुरुवात गरिएको छ। नेपाल पर्यटन बोर्ड, हिमालयन बैंक र अमेरिकन एक्सप्रेसले आज संयुक्तरुपमा पत्रकार सम्मेलनको आयोजना गरि अभियानको सुरुवात गरेका हुन ।

यो अभियानको मुख्य उद्धेश्य अमेरिकन एक्स्प्रेस कार्ड प्रयोगकर्ता विदेशी पर्यटकलाई नेपाल भ्रमण गर्न र यहाँको मौलिकता, विविधता र प्राकृतिक सौन्दर्यताको अनुभुतिका लागि अभिप्रेरित गर्नु रहेको जनाइएको छ। अमेरिकन कार्ड होल्डरहरुले नेपाल भ्रमण गर्दा हिमालयन बैंकको ८० भन्दा बढी मर्चेन्ट पार्टनरबाट होटल, रेष्टुरेन्ट, साहसिक खेल र स्थानीय कलाकृति खरिदमा विशेष छुट पाउने छन् ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले अभियानले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन मदत गर्ने विश्वास व्यक्त गरे । त्यस्तै हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x