Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

तरकारीको मूल्य आकासियो, बजारमा सरकारको उपस्थिती कमजोर रहेको उपभोक्ताको गुनासो

काठमाडौं, ३ जेठ । बजारमा हरियो तरकारीको मूल्य आकासिएको छ। एक महिनाको अघिको तुलनामा अहिले हरियो तरकारीको मूल्य झण्डै दुई गुणाले बढेको छ । विभिन्न ठाउँमा परेको असिना पानीले तरकारीबालिमा असर गर्नुका साथै भारतको लोकसभाको चुनावले गर्दा आयातमा समस्या हुँदा तरकारीको मूल्य बढेको व्यापारीहरु बताउछन् ।

कालिमाटी फलफूल तरकारी बजारका व्यापारीहरुका अनुसार तराईमा आएको हावा हुरी र भारतबाट निर्यात बन्द भएपछि नेपाली बजारमा तरकारी नै सिमित मात्रामा आउँने गरेको छ । नेपाली बजारमा भारतबाट टमाटर, आलु, प्याज जस्ता विविध तरकारीहरु आउँने गरेका छन् । ती नै भारतबाट आयात गरिने तरकारीहरुको मूल्य नै भण्डै दुई गुणले बढेको पाईएको छ ।

एक महिना अघि बैशाख ३ गते औषत प्रति के.जि. ३३ रुपैयाँमा पाइँने सानो गोलभेडा अहिले १३६.३६ प्रतिशतले बृद्धि भएर प्रति के.जि. ७८ रुपैयाँमा विक्री भइरहेको छ । त्यस्तै एक महिना अघि औषत ४८ रुपैयाँमा भाईने ठूलो गोल्भिडा प्रति के.जि. ७०.८३ प्रतिशतले बृद्धि भएर ८२ रुपैयाँमा, २८ रुपैयाँमा पाइँने गाँजर ८५.७१ प्रतिशतले बृद्धि भएर ५२ रुपैयाँमा र २८ रुपैयाँमा पाइँने स्थानीय काउँली १०७.१४ प्रतिशतले मूल्य बृद्धि भएर ५८ रुपैयाँमा विक्री भइरहेको छ ।

त्यसैगरी रायोको सागको मूल्य ७२.७३ प्रतिशत, हरियो प्याज १५० प्रतिशत, हरियो खुर्सानी ६१ प्रतिशत, हरियो धनियाँ १६३.६४ प्रतिशतले बृद्धि भएको कालिमाटी फलफूल तथा तरकारी विकास समितिले जनाकारी दिएको छ ।

खुद्रा बजारमा तरकारीको भाउ अझ अनियन्त्रित छ । माग अनुसार आपूर्ति हुन नसक्दा मूल्य बढेको बताएपनि उपभोक्ता भने सरकारी कमजोरीका कारण व्यवसायीहरुले कमाउ धन्दा चलाई रहेको बताउछन् । बजारमा सरकारी उपस्थिती कमजोर हुँदा व्यापारीले तोकेको मनोमानी मूल्यमा तरकारी किन्न बाध्य भएको उपभोक्ताहरु बताउछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x