Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरको किस्ताबन्दीमा मोबाइल

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरको किस्ताबन्दीमा मोबाइल

काठमाडौं, ३ जेठ । सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा आजदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ । मोवाइल सम्बन्धी सबै सेवा एकै छाना मुनी उपलब्ध गराउँदै आएको मोबाइल हबमा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा नयाँ मोबाइल खरिद गर्न सकिने जनाइएको छ ।

मेलामा मोवाइल खरिद गर्ने ग्राहकले अधिकतम ६० प्रतिशतसम्म छुट पाउने मोबाइल हबले जनाएको छ । साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर पनि राखिएको मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले जानकारी दिए ।

सिटिसि मोबाइल हबमा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा जुनसुकै ब्राण्डका मोबाइल खरिद गर्न सकिने जनाइएको छ । एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै मोबाइल सट्टापट्टा पनि गर्न सकिने व्यवस्था छ ।

उक्त मेलामा बिश्व बजारका चल्तीका २० भन्दा बढी ब्राण्डका मोबाइल फोनहरु उपलब्ध छन् । त्यस्तै मोबाइल हबमा ६० मिनेटमै मोबाइल मर्मत सेवा पनि उपलब्ध रहेको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x