Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

९ महिनामा ९ खर्ब ९१ अर्व ८१ करोडको व्यापारघाटा

काठमाडौं, ५ जेठ । चालु आर्थिक वर्षको ९ महिनामा मुलुकले ९ खर्व ९१ अर्ब ८१ करोड रुपैयाँको व्यापार घाटा व्यहोरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनीक गरेको ९ महिनाको तथ्यांक अनुसार यो अवधीमा १० खर्ब ६१ अर्ब ६३ करोड रुपैयाँको बस्तु तथा सेवा आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा कुल वस्तु आयात २१.३ प्रतिशतले बढेको हो ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, तयारी पोशाक, हवाईजहाज तथा पार्टपुर्जा, एमएस बिलेट, विद्युतीय सामग्री लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, स्वास्थ्य उपकरण तथा औजार लगायतको सामाग्रीको आयात घटेको छ।

त्यस्तै यो अवधीमा निर्यात भने ६९ अर्ब ८२ करोड रुपैयाँको भएको छ। अघिल्लो वर्षको सोही अवधिमा तुलनामा निर्यात १६.९प्रतिशतले वृद्धि भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x