Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

जुन देशमा मान्छेको हत्या गर्न छुट छ, उल्टै सरकारले दिन्छ पुरस्कार

जुन देशमा मान्छेको हत्या गर्न छुट छ, उल्टै सरकारले दिन्छ पुरस्कार

जुन देशमा मान्छेको हत्या गर्न छुट छ, उल्टै सरकारले दिन्छ पुरस्कार

जुनदेशमा मानिसको हत्या गर्नु ठूलो अपराध हो, जसको गम्भीर सजायँ भोग्नुपर्छ । कानुनले मानव हत्यालाई सख्त रुपमा बन्देज गरेको हुन्छ र सरकारले हत्यारलाई खोजीखोजी पक्रिएर जेलमा हाल्दछ । जन्मकैदसम्मको सजायँ छ, हामीकहाँ । तर यो दुनियाँमा यस्तो देश पनि छ, जहाँ सरकारले नै मानिसको हत्या गर्ने छुट दिन्छ र हत्यारालाई सजायँ दिनुको साटो उल्टै पुरस्कार दिन्छ ।

हो, हत्यारालाई दण्डको साटो पुरस्कार दिने व्यवस्था एसियाली मुलुक फिलिपिन्समा रहेको छ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुट्रेटले लागूऔषध कारोबारीको हत्या गर्नका लागि पुलिस तथा आमजनतालाई पूर्ण रुपमा छुट दिएका छन् ।

लागूऔषध कारोबारीको हत्या गर्नेलाई एक सय डलर पुरस्कार दिइन्छ । लागूऔषध अपराधीलाई मार्न सरकारले उक्साएसँगै यसको नतिजा पनि निस्किरहेको छ । गत जुलाई यतामात्रै ६ हजार भन्दा धेरै संदिग्ध लागूऔषध कारोबारीहरुको हत्या भइसकेको छ । त्यस्तै जनता र पुलिसबाट मारिने डरले ७० हजार भन्दा धेरै लागूऔषध अपराधीले आत्मसमर्पण गरिसकेका छन् । यसपछि पनि कत्लेआमको सिलसिला जारी छ ।

डेलीन्यूजका अनुसार संयुक्त राष्ट्रसंघले यसलाई मानव अधिकार हननको मामिला भन्दै आलोचना गरेको छ । तर राष्ट्रपति रोड्रिगोले भने राष्ट्रसंघको यस्तो आरोपले आफूलाई कुनै फरक नपार्ने बताएका छन् ।

स्मरण रहोस्, राष्ट्रपति रोड्रिगोले हालै भ्रष्टाचारीलाई हेलिकप्टरबाट खसालेर मार्ने अभिव्यक्ति दिएपछि चर्चामा आएका थिए ।

अर्थकोअर्थ

Related Posts

Read also x