Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सको बुक क्लोज

गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सको बुक क्लोज

काठमाडौं, ९ पौष । गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सको शेयर दर्ता पुस्तिका पौष १९ देखी ३० गतेसम्मका लागि हुने भएको छ । फाइनान्सले पौष ३० गते वार्षिक साधारण सभा बोलाएको छ ।

फाइनान्सको पौष ३० गते बस्ने वार्षिक साधारण सभामा शेयरधनीहरुलाई १० करोड ९१ लाख २४ हजार ९३१ रुपैयाँ बराबरको बोनस शेयर दिने भएको छ । पौष ५ गते बसेको फाइनान्सको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । फाइनान्सको शेयर पौष १८ गतेसम्म किन्ने शेयरधनीहरुले प्रस्तावित बोनस शेयरको हकदार बन्न पाउने छन्।

फाइनान्सले यस अघि जारी गरेको ४० प्रतिशत हकप्रद शेयर र प्रस्तावित बोनस शेयर पछि चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्ने छ । कम्पनीको हाल चुक्ता पुँजी ४९ करोड ३४ लाख रुपैयाँ रहेको छ । ं

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x