Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

राजधानीका तीन स्थानमा एकैपटक मनसुन मोबाइल मेगा अफर

राजधानीका तीन स्थानमा एकैपटक मनसुन मोबाइल मेगा अफर

काठमाडौं, २४ जेठ । चाबहिल चुच्चेपाटी स्थित केएल मोबाइल हबमा जेठ २७ गते देखि २ सातासम्म मनसुन मोबाइल मेगा अफर चल्ने भएको छ। मोबाईल मेला अवधिमा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाइने छ । बिग सेल अन्तरगत ६५० रुपैयाँमा मोबाइल पाइनेछ ।
मोबाइल मेलामा जुनसुकै ब्राण्डका मोबाइल शुन्य प्रतिशत ब्याजदरमा शुन्य प्रतिशत डाउन पेमेन्ट तथा ७० प्रतिशतसम्मको छुटमा किन्न सकिन्छ । पुरानो मोबाइलसँग नयाँ मोबाईल साट्ने व्यवस्था पनि मोबाइल हबले मिलाएको छ ।

मोबाइलको ब्राण्ड र मूल्य अनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा मोबाईल खरिद गर्न सकिनेछ । मेला अवधिमा मोबाइल खरिद गर्नेले एफ क्युब सिनेमाको टिकट निशूल्क पाउने छन् । विभिन्न मोडलका मोबाइलको खरिदमा आर्कषक उपहारको समेत व्यवथा गरिएको छ ।

केएल मोबाइल हब चाबहिलका साथै दरबारमार्गको मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइल, सिटिसि मल सुन्धाराको भुई तल्लामा रहेको सिटिसी मोबाइल हबमा पनि उल्लेखित अफर सहित मेला सञ्चालन हुने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x