Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेप्से ८.७८ अंकले घट्यो

नेप्से ८.७८ अंकले घट्यो

काठमाडौं, २७ जेठ । सोमबार सेयर बजारमा गिरावट आएको छ । हिजो काठमाडौं उपत्यकामा सार्वजनिक विदा परेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज ८.७८ अंकको गिरावट आई बजार १२७५.८२ विन्दुमा रोकिएको हो ।

१ सय ७३ कम्पनीको २० लाख ७२ हजार १८२ कित्ता सेयर खरिदविक्री हुँदा ६१ करोड ३ लाख १२ हजार ३१ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी सेयर कारोबार एनआइसी एशिया बैंक लिमिटेडको भएको छ । उक्त बैंकको ४१ करोड ८५ लाख भन्दा बढीको सेयर कारोबार भएको छ ।

त्यस्तै सबैभन्दा बढी कमाउँनेमा वल्र्ड मर्चेन्ट बैंकिङ्ग एण्ड फाईनान्स लिमिटेडका सेयरधनीहरु रहेका छन् । उक्त मर्चेन्टको आजको प्रतिसेयर मूल्य ७.६१ प्रतिशतले बढेको हो । सबैभन्दा बढी गुमाउँनेमा तारागाउँ रेजेन्सी होटेल लिमिटेडका सेयरधनीहरु रहेका छन् । उक्त होटेलको प्रतिसेयर मूल्य ७.३३९४५ प्रतिशतले घटेको हो ।

त्यसैगरी नेप्सेमा सूचिकृत ११ वटा समूहमध्ये ३ वटा समूहको उपसूचक बढेको छ भने अन्य सबैको घटेको छ । विकास बैंक ०.२८ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.५६ प्रतिशत र म्युचियल फण्ड समूहको ०.७४ प्रतिशत उपसूचक बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x