Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपालको बैंकिङ्ग प्रणाली दक्षिण एशियाकै नमुनाः अर्थमन्त्री खतिवडा

नेपालको बैंकिङ्ग प्रणाली दक्षिण एशियाकै नमुनाः अर्थमन्त्री खतिवडा

काठमाडौं, २८ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको बैंकिङ्ग प्रणाली दक्षिण एशियाकै नमुना भएको दाबी गरेका छन् । मंगलबार निक्षेप तथा कर्जा सुरक्षण कोषको भवन शिलान्यास गर्दै अर्थमन्त्री खतिवडाले बीमा तथा सुरक्षण कोषले गर्दा बैंकहरुको निष्कृय कर्जाको अनुपात घटेकोले नेपालको बैंकिङ्ग प्रणाली दक्षिण एशियाकै नमुना भएको दाबी गरेका हुन् । उनले भने ‘नेपाली बैंकलाई विदेशीहरुले पत्याउन थालेका छन् । देशको क्रेडिट रेटिङपछि अझ धेरै विश्वास हुनेछ।’

त्यस्तै अर्थमन्त्री खतिवडाले निक्षेपको सुरक्षण गर्ने अवधारणा आएसँगै कोही पनि मेरो निक्षेप डुब्न लाग्यो भनेर बैंकमा जानु नपर्ने अवस्था रहेको बताए। बैंकहरु थप समस्यामा नपरुन भनेर कोषलाई बलियो बनाइएको खतिडाले भनाई छ । अहिले सबैले ढुक्कसँग निक्षेप राख्न र बैंकहरुले कर्जा प्रवाह गर्न पाएको उनले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x