Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

लोकसेवाको विज्ञापन रद्द गर्ने निर्देशनसँगै आवेदकहरू सडकमा

लोकसेवाको विज्ञापन रद्द गर्ने निर्देशनसँगै आवेदकहरू सडकमा

काठमाडौं, २८ जेठ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहमा विभिन्न पदका लागि लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन रद्द गर्न निर्देशन दिएपछि त्यसको विरोधमा आवेदकहरु सडकमा उत्रिएका छन् ।

लोकसेवाको परीक्षाका लागि फारक भरेका आवेदकहरूले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म विभिन्न नारा लगाउँदै प्रदर्शन गरेका हुन् । संसदीय समितिले गरेको अमान्य निर्णयविरुद्ध लोकसेवा तयारी तदर्थ सङ्घर्ष समितिले बिहान १० देखि १२ बजेसम्म आन्दोलन तथा दबाबमूलक कार्यक्रम आयोजना गरेको थियो ।

सोमबार उक्त समितिले सरकारलाई स्थानीय तहका लागि लिइएको विज्ञापन रद्द गरेर करारमा कर्मचारी नियुक्त गर्न निर्देशन दिएको थियो । उनीहरुले लोकसेवामा हस्तक्षेप चाहिँदैन, नातावाद र कृपावाद भित्र्याउन पाइँदैन दिनैपर्छ आयोगलाई संवैधानिक अधिकार, हुनैपर्छ स्वतन्त्र प्रशासनिक सरकार, लोकसेवा आयोग सबैको सरोकार, स्वस्थ निष्पक्ष पारदर्शिता आधार लगाएका नारा लगाएका थिए । विज्ञापन रद्द गर्ने निर्णयले सरकारी सेवामा प्रवेश गर्न पाउने अधिकार कुष्ठित गराउने भएकाले आन्दोलन गर्नुपरेको आवेदकहरूले बताए।

एक्कासि विज्ञापन रद्द गर्ने निर्णयले आयोगले लिने परीक्षा तयारी गरिरहेका विद्यार्थी रोजगारको अवसरबाट वञ्चित हुने पनि उनीहरूको भनाइ छ। विज्ञापन रद्द गर्ने निर्देशन र करारमा राख्ने निर्णयको विरुद्ध आन्दोलन जारी राख्ने पनि उनीहरूले बताए।

सरकारले लोकसेवा आयोगमार्फत् स्थानीय तहमा रिक्त दरबन्दी पूर्तिका लागि यही जेठ १५ गते ५१५ स्थानीय तहका लागि ९ हजार १ सय ६१ पदका लागि विज्ञापन गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x