Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

७ बुँदे काठमाडौं कार्ययोजना पारित गर्दै दक्षिण एसियाली सम्मेलन सम्पन्न

७ बुँदे काठमाडौं कार्ययोजना पारित गर्दै दक्षिण एसियाली सम्मेलन सम्पन्न

काठमाडौं, २८ जेठ । विपद् व्यवस्थापन, पुनर्निर्माण, ऊर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहको भूमिका सम्बन्धी दक्षिण एसियाली सम्मेलन ७ बुँदे काठमाडौं कार्ययोजना पारित गर्दै सम्पन्न भएको छ । सम्मेलनले दक्षिण एसियामा विपद् पछिको पुनर्निर्माण र पुनर्स्थापनामा दिगोपना र समावेशी उत्थानशीलताका लागि केन्द्रीय सरकार र स्थानीय तहलाई सहकार्य गर्न आग्रह गरेको छ ।

कार्ययोजनामा नेपाल सरकारले स्थानीय तहमा गरेको सुधार र भूकम्प पछिको पुनर्निर्माण र पुनः स्थापनामा गरेको प्रगतिलाई मनन गर्दै स्थानीय सरकार तथा संघसंस्थाहरुलाई राष्ट्रिय कार्यढाँचा अनुकूल आफ्नै विपद् जोखिम न्यूनिकरण नीति तथा रणनीतिहरु बनाउन प्रोत्साहित गर्ने उल्लेख गरिएको छ । सफा र नविकरणीय ऊर्जाका प्रावधानहरु सुनिश्चित गर्न जलवायु परिवर्तनका असरहरु न्यूनिकरणका लागि समुदायको सबैभन्दा नजिक रहने स्थानीय सरकारलाई संलग्न गराउनुपर्ने आवश्यकता महसुस गर्न सरकारलाई आग्रह समेत गरिएको छ ।

सम्मेलनले विश्वका मुद्दाहरुलाई स्थानीय तहमा लागू गर्नका लागि स्थानीय सरकारहरुको संस्थागत, संगठनात्मक, वित्तीय एवं प्राविधिक क्षमता अभिवृद्धि गर्न सहयोग गर्न आहृवान पनि गरेको छ । सम्मेलनमा नेपाल सहित भारत, चीन, पाकिस्तान, बंगलादेश, इण्डोनेसिया, श्रीलंकाका स्थानीय तहका जनप्रतिनिधि एवं विज्ञहरुको सहभागिता थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x