Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

धनगढी विमानस्थल ३९ दिनपछि आजबाट सुचारु

धनगढी विमानस्थल ३९ दिनपछि आजबाट सुचारु

धनगढी, २९ जेठ । बैशाख २२ देखि बन्द रहेको धनगढी विमानस्थल आज देखि सुचारु भएको छ । धावनमार्ग मर्मत गर्न एक महिनाका लागि बन्द गरिएको विमानस्थल ३९ दिन पछि आज देखि सुचारु भएको हो ।

आज विहान पहिलो उडान काठमाडौं देखि श्री एयरलाइन्सले भरेको थियो । सामान्यतय विमानस्थलको धावनमार्गको कालोपत्रे भएको १० बर्षमा मर्मतसम्भार गर्नुपर्ने भए तापनि धनगढी विमानस्थलको धावनमार्ग १४ वर्षपछि मर्मत गरिएको विमानस्थल कार्यालयले जनाएको छ । १८ सय मिटर लम्बाई र ३० मिटर चौडाइमा रहेको धावनमार्गमा कालोपत्रे गरिएको छ। निर्माणको क्रममा ८ सय ५० मिटर खाल्डो पर्दा तोकिएको समयमा निर्माण सम्पन्न हुन नसकेपछि ७ दिन म्याद थप गरिएको थियो ।

यसअघि दैनिक ४ उडान गरि सातामा ३१ उडान हुने गरेको थियो । जसमा बुद्ध एयरको दैनिक २ उडान, श्रीको दैनिक ३ र नेपाल वायुसेवा निगमको सातामा ३ उडान गर्दै आएका थिए।

सुदुरपश्चिमको एक मात्र विमानस्थल बन्द हुँदा सर्वसाधारणले निकै सास्ती भोग्नु परेको स्थानीयको गुनासो छ । उनीहरुले बैकल्पिक विमानस्थलको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x