Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेप्सेमा ३.५० अंकले गिरावट, कारोबार ५० करोड भन्दा बढी

नेप्सेमा ३.५० अंकले गिरावट, कारोबार ५० करोड भन्दा बढी

काठमाडौं, २९ जेठ । साताको चौथो दिन बुधबार (आज)को सेयर कारोबारमा गिरावट आएको छ । हिजो झिनो अंक ०.७१ ले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज ३.५० अंकको गिरावट आई १२७२.४८ विन्दुमा रोकिएको छ ।

१ सय ७४ काम्पनीको १८ लाख ७१ हजार ८०९ कित्ता सेयर खरिदविक्री हुँदा ५० करोड २६ लाख ८२ हजार ८८१ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी सेयर कारोबार ग्लोबल आईएमई बैंक लिमिटेड प्रमोटर सेयरको भएको छ । उक्त बैंकको ७ करोड १२ लाख भन्दा बढीको सेयर कारोबार भएको हो । दोस्रोमा शिवम् सिमेण्ट लिमिटेडको बढी सेयर कारोबार भएको छ । शिवम्को ४ करोड २५ लाख भन्दा बढीको सेयर कारोबार भएको छ ।

त्यस्तै सबैभन्दा बढी कमाउनेमा साल्ट ट्रेडिङ्ग कर्पाेरेशनका सेयरधनीहरु रहेका छन् । उक्त कर्पाेरेशनको प्रतिसेयर मूल्य १० प्रतिशतले बृद्धि भएको छ । सबैभन्दा बढी गुमाउनेमा नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडका सेयरधनीहरु रहेका छन् । उक्त हाइड्रोको प्रतिसेयर मूल्य ७.०९२२ प्रतिशतले घटेको हो ।

त्यसैगरी नेप्सेमा सूचिकृत १२ समूहमध्ये ३ समूहको मात्र उपसूचकमा बृद्धि भएको छ । उपसूचक बृद्धि हुनेमा ट्रेडिङ्ग ४.६४ प्रतिशत, होटेल ०.३३ र अन्य समूह ०.२७ प्रतिशत रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x