Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आईएमईद्वारा वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजित

आईएमईद्वारा वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजित

काठमाडौं, २९ जेठ । देशको पहिलो रेमिट्यान्स कम्पनी आइएमईले १८ औं वर्ष पुरा गरी १९ औं वर्ष प्रवेश गरेको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । आइएमईले ‘१९ औं वार्षिकोत्सव सशक्तिकरणको’ भन्ने मूल नाराका साथ केन्द्रीय कार्यालयमा आज रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

रक्तदान कार्यक्रममा आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललगायत ७० जना कर्मचारीहरूले रक्तदान गरेका थिए । सो अवसरमा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यावसायिक यात्राका लागि सबैबाट प्राप्त सहयोग र सद्भावलाई सदैव मार्गदर्शनको रुपमा लिइने बताए । सानो आकारबाट सुरु भएको आईएमई आज एउटा व्यावसायिक ग्रुपको रुपमा स्थापित हुनुमा सेवाग्राही र अन्य क्षेत्रको महत्वपूर्ण योगदान रहेकोमा उनले जोड दिए ।

आईएमईले हाल देशभर २ सय १ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १० हजार सवएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् सेवा उपलब्ध गराउर्दै आएको छ । विदेशमा कार्यरत नेपालीहरुले पठाएको रकम देशका विभिन्न भागमा रहेका परिवार तथा आफन्तको हातमा छिटो, छरितो र विश्वसनीय रुपमा प्रदान गर्दै सेवा दिँदै आईरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x