Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

माथिल्लो तामाकोशीको लागत बढ्ने

माथिल्लो तामाकोशीको लागत बढ्ने

काठमाडौं, २९ जेठ । विनाशकारी भूकम्प, भारतको नाकाबन्दी तथा अन्य कारणहरुले लागत बढ्दै गएपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लागत दोब्बरले वृद्धि हुने भएको छ । आयोजना शुरु गर्दा ३५ अर्ब रुपैयाँ लागत रहेको सो आयोजनाको कुल लागत वृद्धि भई ७३ अर्ब ६८ करोड रुपैयाँ पुग्ने भएको हो ।

स्वदेशी लगानीमा दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाट क्षमताको सो आयोजनाको ब्याजमा उल्लेख्य वृद्धि भएपछि लागतमा समेत प्रभाव पुगेको हो । आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको आगामी ११ असारमा हुने ११ औँ वार्षिक साधारणसभाका लागि तयार पारिएको आर्थिक वर्ष २०७४/७५ को प्रतिवेदन अनुसार निर्माण अवधिको ब्याजसहित आयोजनको लागत त्यति पुग्ने प्रक्षेपण गरेको हो ।

आगामी पुसबाट परीक्षण उत्पादन शुरु गरी चैतभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्यका आधारमा आयोजनाको प्रक्षेपित लागत अनुमान ५१ अर्ब ९४ करोड रुपैयाँ पुग्नेछ भने सो अवधिको ब्याज मात्रै २१ अर्ब ७४ करोड रुपैयाँ लाग्नेछ । सोही आधारमा पूँजीकरणसहित आयोजनाको कुल लागत वृद्धि हुने अनुमान गरिएको हो । आगामी चैतभित्र निर्माण सम्पन्न नभएमा आयोजनाको लागत अझै बढ्ने देखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x