Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

जन्मदिनमा दीपिकाः डेनमार्कमा जन्मिएकी सुन्दरी कसरि बनिन् बलिउडकी सुपरस्टार’

जन्मदिनमा दीपिकाः डेनमार्कमा जन्मिएकी सुन्दरी कसरि बनिन् बलिउडकी सुपरस्टार’

बलिउडकी नम्बर १ नायिका दीपिका पादुकोण आजबाट ३१ बर्षमा प्रवेश गरेकी छिन् । दीपिकाको जन्म सन् १९८६ जनवरी ५ मा डेनमार्कको कोपेनहेगनमा भएको थियो । उनले चलचित्र ‘ओम शान्ती ओम’बाट बलिउडमा पाइला राखेकी थिइन् । पहिलो चलचित्रमा नै नायक साहरुख खानसँग अभिनय गर्न पाएपछि, दीपिकाको भाग्य चम्कियो । उनी बलिउडमा आउनु अगाडि मोडलिङ र ब्याडमिन्टमा रमाइरहेकी थिइन् ।

दीपिकालाई बलिउडमा सय करोड क्लबकी रानी पनि मानिन्छ । उनले अभिनय गरेका ‘चेन्नई एक्सप्रेस, ह्याप्पी न्यू इयर’ जस्ता चलचित्रले त २ सय करोड नै कमाएका छन् । उनले ‘ककटेल, ए जवानी हे दिवानी, रामलिला, पीकू, तमाशा, बाजिराओ मस्तानी’ जस्ता चलचित्रमा गरेको अभिनयका कारण उनको स्थान बलिउडमा माथिल्लो तहमा छ ।

उनी आज बलिउडकि नम्बर १ नायिका हुन् । दीपिकाले हलिउड चलचित्रमा समेत अभिनय गरिसकेकी छिन् । दीपिकाले बलिउडमा यति धेरै चर्चित चलचित्रमा अभिनय गरिसकेकी छिन् । तर, उनले बलिउडका चर्चित नायक सलमान खानको ३ वटा चलचित्रको अफर अस्विकार गरिसकेकी छिन् । यस्तै, उनले साहरुख खान र आमिर खानको पनि १(१ वटा चलचित्रको अफर अस्विकार गरिसकेकी छिन् ।

दीपिका बलिउडमा प्रवेश गर्नु अगाडि मोडल निहार पाण्डेसँग प्रेममा थिइन् । उनी लामो समयसम्म निहारको घरमा पनि बसिन् । बलिउडमा आएपछि दीपिका र नायक रणवीर कपुरविच प्रेम भयो । तर, यो पनि लामो समयसम्म टिक्न सकेन । दीपिका अहिले अर्का नायक रणवीर सिंहको प्रेममा छिन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x