Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पुनर्निर्माण र हुलाकी राजमार्ग निर्माणका लागि भारतले दियाे ३ अर्ब

पुनर्निर्माण र हुलाकी राजमार्ग निर्माणका लागि भारतले दियाे  ३ अर्ब

काठमाडौं,५ भदौ । पुनर्निर्माण र हुलाकी राजमार्ग परियोजनाका लागि भारतले नेपाललाई ३ अर्ब बढी रकम प्रदान गरेको छ। बुधबारदेखि काठमाडौंमा सुरु भएको नेपाल-भारत संयुक्त आयोगको बैठकका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री सुब्रमण्यम् जयशंकरको उपस्थितिमा भूकम्पपछिको पुनर्निर्माण र हुलाकी राजमार्ग परियोजनाका लागि ३ अर्ब २६ करोड ५९ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो। कार्यक्रममा भारतीय राजदूत मञ्जिभ सिंह पुरीले पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई नुवाकोट र गोरखा जिल्लामा आवास पुनर्निर्माणका लागि २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपैयाँको चेक प्रदान गरे ।  यस्तैगरी, तराई क्षेत्रमा सडक पूर्वाधारका लागि ८० करोड ७१ लाख रुपैयाँ प्रदान गरेको छ।

भारतमा जाँच भएका खाद्य नेपालमा परिक्षण नगरिने

अबदेखि भारतीय पक्षबाट स्वीकृत भई आएका खाद्य सामग्रीलाई नेपालमा पुन जाँच नगरिने भएको भएको छ । यसै गरी नेपालबाट परीक्षण भई प्रमाणीत गरी लगिएका सामग्रीमा पनि पुन जाँच परिक्षण हुने छैन । यस बिषयमा भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण र नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीच पनि एक सहमतीपत्रमा हस्ताक्षर भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x