Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

फास्ट ट्रयाकको डिपिआर स्वीकृत

फास्ट ट्रयाकको डिपिआर स्वीकृत

काठमाडौं, ५ भदौ। रक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको काठमाडौं–तराई द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पाँच महिना पछि सरकारले स्वीकृत गरेको छ । मन्त्रालयले गत चैत्र ११ गते मन्त्रिपरिष्दमा पेश गरेको थियो ।

डिपिआर कोरियाली कम्पनी ससुङल तयार पारेको हो । कम्पनीले करिब ६ महिनाको अध्ययन पछि प्रतिवदेन तयार पारेको थियो । कम्पनीले डिपिआरमा फास्ट ट्रयाक निर्माणको लागत । खर्ब ५५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ । तर, यसअघि भारतीय कम्पनी आईएल एन्ड एफएसले बुझाएकोे डिपिआरमा लागत १ खर्ब १२ अर्ब रुपैयाँ उल्लेख गरिएको थियो । त्यस्तै, नेपाली सेनाले बुझाएको डिपिआरमा २ खर्ब १३ अर्ब लाग्ने अनरमान गरिएको थियो । सरकारले भने १ खर्ब ५५ अर्बमा सिमित गरेको थियो । भ्याट सहित फास्ट ट्रयाकको लागत १ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने सरकारको अनुमान छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x