Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

अब विदेशमा रहेका नेपाली दुतावासबाटै पुन: श्रमस्वीकृत लिन सकिने

अब विदेशमा रहेका नेपाली दुतावासबाटै पुन: श्रमस्वीकृत लिन सकिने

काठमाडौं,७ भदौ ।  केही महिना अघिबाट सातैबटा प्रदेश मुख्यालयबाट श्रम स्वीकृत लिने ब्यवस्था गरेको सरकारले अब नेपाली श्रमिक कार्यरत देशको नेपाली दुतावासबाटै पुन: श्रमस्वीकृत लिन सकिने ब्यवस्थाका लागि तयारी सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार नियमवाली–२०७६ लाई पाँचौ पटक संशोधन गर्दै कामदारलाई दूतावासबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था मिलाएको हो । यस ब्यवस्था कार्यान्वयनमा लगेसँगै नेपाली कामदारले अब पुनः श्रमस्वीकृति लिनको लागि स्वदेश आउनुपर्ने बाध्यता हट्ने भएको छ । व्यवस्थालाई छिट्टै कार्यान्वयन गर्न तयारी थालेको मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारले पुनः सोही कम्पनीमा निरन्तर काम गर्न चाहेमा विभागबाट पुनः श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ । अव दुतावासबाट पुन: स्वीकृतका लागि श्रम स्वीकृतिको प्रतिलिपि, राहदानीको प्रतिलिपि, अघिल्लो पटक र हाल प्राप्त गरेको भिसा, रोजगार करारपत्र, जीवन बिमा र कल्याणकारी कोषमा रकम भुक्तानी गरेपछि दूतावासले सहजै पुनः श्रम स्वीकृति दिने छ । कल्याणकारी कोष र बिमाको रकम पनि दूतावासमै बुझाउन सकिनेछ । हाल वैदेशिक रोजगार विभागले दुई वर्षको लागि मात्रै श्रम स्वीकृति प्रदान गर्दै आएको छ । गत आर्थिक वर्षमा मात्रै दुई लाख ७२ हजार जनाले विभागबाट पुनः श्रम स्वीकृति लिएका थिए ।

यसै गरी नियमावलीले वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिका आफन्तले अबदेखि स्थानीय तहबाटै आर्थिक सहायता पाउने ब्यवस्था गरेको छ । वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिका आफन्तले मात्र नभई अंगभंग भएकाले पनि स्थानीय तहबाटै आर्थिक सहायता पाउने व्यवस्था नियमावलीमा गरिएको छ । यसअघि वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिका आफन्त र अंगभंग भएका घाइतेहरू आर्थिक सहायता लिन वैदेशिक रोजगार बोर्डको सचिवालय काठमाडौंमा आउनुपर्ने बाध्यता थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x