Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

४१ व्यवसायिक फर्म कारवाहीमा, ७ फर्मको कारोबार रोक्का

४१ व्यवसायिक फर्म कारवाहीमा, ७  फर्मको कारोबार रोक्का

काठमाडौं,८ भदौं । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आर्थिक वर्षको पहिलो महिनामा गरेको बजार अनुगममा ४१ व्यवसायिक फर्ममाथि कारवाही गरेको छ । ७ वटा ब्यवासायिक फर्मको कारोबार रोक्का गरेको छ । विभागले ४१ व्यवसायिक फर्मबाट जरिवाना बापत ३ लाख ३७ हजार रुपैयाँ संकलन गरेको छ  । गत साउनमा बजार अनुगमन गरिएका कुल ८४ वटा व्यवसायिक फर्म मध्ये कैफियत भेटिएका ३ वटामा सिलबन्दी गरिएको तथा २४ वटा फर्मलाई स्पष्टिकरण सोधिएको विभागले जनाएको छ । अनुगमनका क्रममा कैफियत भेटिएका ७ वटा व्यवसायिक फर्मको कारोबार रोक्का गरिएको विभागले जनाएको छ ।

यस्तै, गत आर्थिक वर्ष २०७५/७६ मा १ हजार ६ सय ६१ व्यवसायिक फर्मको बजार अनुगमन गरी ३१ वटामा सिलबन्दी गरिएको विभागले जनाएको छ । गत वर्ष अनुगमन गरिएका १६ सय ६१ मध्ये १ सय ६१ वटालाई जरिवाना गराई ४३ लाख २१ हजार रुपैयाँ राजश्व संकलन गरिएको विभागले जनाएको छ । काठमाडौं उपत्यका भित्रका मात्रै १४ सय १२ वटा व्यवसायिक फर्मको अनुगमन गरिएको विभागले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x