Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

इन्टेरियर डिजाइन अध्ययन गर्नेले बेरोजगार बस्नु पर्दैन : आइडिया नेपाल

इन्टेरियर डिजाइन अध्ययन गर्नेले बेरोजगार बस्नु पर्दैन : आइडिया नेपाल

काठमाडौं, ८ भदौ । इन्टेरियर डिजाइन रोजगारीको नयाँ क्षेत्रको रुपमा विस्तार हुँदै गएको अवस्थालाई मध्यनजर गर्दै यसलाई प्रोत्साहन गर्नुपर्नेमा सरोकारवालाले आवाज उठाउन थालेका छन् । यस बिषयमा अध्ययन गर्नेले बेरोजगार बस्नु नपर्ने अवस्था रहेको भन्दै उनीहरुले सरकारले यस क्षेत्रलाई व्यवस्थापन सहित प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका हुन् ।

इन्टेरियर डिजाइनर एशोसिएसन अफ नेपाल (आइडिया नेपाल) को ललितपुरस्थित पुल्चोकमा कार्यालय उद्घाटनका सहभागीहरुले घर तथा अपार्टमेण्ट निमार्णको चरणबाटै इन्टेरियर डिजाइनलाई पनि सँगै लग्नुपर्नेमा जोड दिएका हुन् । आइडिया नेपालको कार्यालय उद्घाटन गर्दै ललितपुर महानगरपालिका मेयर चिरबाबु महर्जनले इन्टेरियर डिजाइन क्षेत्रको विकासका लागि ललितपुर महानगरपालिकाले आवश्यक सहयोग र पहल कदमी लिने प्रतिवद्धता व्यक्त गरे । पछिल्लो समय इन्टेरियर डिजाइनमा बढ्दै गएको आकर्षणले यसको व्यवस्थापन जरुरी भएको उनको भनाई थियो ।

कार्यक्रममा एशोसिएसनका अध्यक्ष विन्द्रा कक्षपति प्रधानले इन्टेरियर डिजाइनरहरुको हकहित तथा प्रतिष्ठा र सचेतना बढाउन संस्था कटिबद्ध रहेको धारणा राखिन । साथै उनले यस क्षेत्रमा ज्ञान भएकाहरु कोहि पनि बेरोजगार बस्नु नपर्ने उल्लेख गर्दै रोजगार तथा स्वोरोजगार क्षेत्रको रुपमा इन्टेरियर डिजाइन लाई विकास गर्नुपर्नेमा जोड दिईन ।

इन्टेरियर डिजाइनरहरूले मासिक रूपमा काम गरेपनि औसत ५० हजार रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् । कन्सलटेन्टहरूले भने कामको अवस्था अनुसार आफ्नो पारिश्रमिक लिने गरेका छन् । हाल नेपालमा यो बिषय अध्ययन गरेका ३ हजार बढी इन्टेरियर डिजाइनर छन भने १५ हजार बढी यस क्षेत्रमा संलग्न रहेको एशोसिएसनको भनाई छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x