Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेपाल बायुसेवा निगमको उडान बन्द हुँदा यात्रु मर्कामा

नेपाल बायुसेवा निगमको उडान बन्द हुँदा यात्रु मर्कामा

काठमाडौ १० भदौ । नेपाल बायुसेवा निगमले जानकारी बिना नै उडान रद्ध गर्दा यात्रुहरु मर्कामा पर्न थालेका छन् । गत वैशाख २६ गतेदेखि निगमले कुनै जानकारी नदिई नेपालगञ्ज–रारा उडान सेवा बन्द गरेको छ । यस बिषयमा निगमले हालसम्म कुनै जानकारी दिएको छैन ।

निगमले वाइ–१२ ई–साइनका चीनबाट ल्याएका र अन्य ट्वीनअटर विमानले नेपालगञ्जबाट जुम्ला, हुम्ला, बाजुरा, साँफेबगर, रुकुम र डोल्पामा उडान भर्दै आएको थियो । हाल नेपालगञ्जबाट अन्य जिल्लामा हप्तामा दुई उडान भर्दै आएको निगमले रारामा भने विगत चार महीनासम्म कुनै उडान भरेको छैन ।

चीनबाट ल्याइएका विमानको समेत रारा विमानस्थलमा सफल परीक्षण भइसकेको छ । अन्य ट्वीनअटरले विसं २०६३ असारमै परीक्षण गरेर हप्तामा दुई उडान गर्दै आएका थिए ।
२०६३ साल असार १३ गते मुगुको रारा विमानस्थलमा निगमले सफल परीक्षण गरेर नेपालगञ्ज देखि हप्तामा नियमित दुुई उडान गर्दै आएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x