Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

वाणिज्य बैंकको कल डिपोजिट २२ प्रतिशतसम्म पुग्यो

वाणिज्य बैंकको कल डिपोजिट २२ प्रतिशतसम्म पुग्यो

काठमाडौ १० भदौ । वाणिज्य बैंकहरूको कल डिपोजिट २२ प्रतिशतसम्म पुगेको छ । राष्ट्र बैंकले आगामी असारभित्रमा वाणिज्य बैंकहरूको कल डिपोजिट १० प्रतिशतको सिमा कायम गर्नुपर्ने व्यवस्था गरे पनि हाल बैकहरुको कल डिपोजिट सिमाभन्दा माथि पुगेको छ । कल डिपोजिट अस्थिर हुने भएकाले केन्द्रिय बैकले यसको सिमा निर्धारण गरेको हो ।

तथ्यांकअनुसार २८ मध्ये १७ वटा वाणिज्य बैंकको कल डिपोजिट १० प्रतिशतभन्दा बढी देखिएको छ । ६ वटा वाणिज्य बैंकको कल डिपोजिट १० प्रतिशत छ । बाँकी ५ वटा बैंकको कल डिपोजिट भने सीमाभन्दा निकै तल देखिन्छ ।

नेपाल राष्ट्र बैंकले गत ९ जेठमा सर्कुलर जारी गर्दै कल डिपोजिटमा क्याप लगाएको थियो । केन्द्रिय बैकको निर्देशन अनुसार वाणिज्य बैंकहरूले आफ्नो कुल निक्षेपमा कल डिपोजिटको अंश १० प्रतिशत भन्दा माथि पुराउँन पाईदैन । तर, गत असार मसान्तसम्ममा अधिकांश वाणिज्य बैंकहरूको कल डिपोजिट सीमाभन्दा माथि देखिएको छ ।

असार ०७६ सम्म वाणिज्य बैंकको औसत कल डिपोजिट ११.६९ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको भन्दा ०.८५ प्रतिशतले कमी हो । गत असार ०७५ मा वाणिज्य बैंकहरूको औसत कल डिपोजिट १२.५४ प्रतिशत रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x