Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

पर्यटन विभागले गरयो कामको बाँडफाँड

पर्यटन विभागले गरयो कामको बाँडफाँड

काठमाडौं ११ भदौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगतको पर्यटन विभागले सातै प्रदेशलाई कामको बाँडफाँड गरेको छ । पर्यटन विभागले काठमाडौं बाहिर रहने सात कार्यालयलाई काम गर्ने अख्तियारी सहित अधिकार हस्तान्तरण गरेको हो । प्रदेश सरकार मातहत रहेर काम गर्ने यी कार्यालयहरुले आगामी असोज १ बाट काम थाल्नेछन् ।

काठमाडौमा आयोजित एक कार्यक्रम बिच पर्यटन विभागले पर्यटनमन्त्री योगेश भट्टराईसहित ६ प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा ७ कार्यालयहरुलाई अधिकार प्रत्यायोजन गर्ने निर्णयमा हस्ताक्षर गरेको हो ।
विभागले झापाको काकड़भिट्टा, सोलुखुम्बुको नाम्चे, धनुषाको जनकपुर, पर्साको वीरगंज, रुपन्देहीको भैरहवा, कास्कीको पोखरा र बाँकेको कोहलपुरमा रहेको पर्यटन कार्यालयलाई अधिकार हस्तान्तरण गरेको हो ।

विभागले ट्राभल एजेन्सी तथा ट्रेकिंग एजेन्सी रयाफ्टिङ एजेन्सीको इजाजत दिने तथा नवीकरण गर्ने, पर्यटक यातायात सेवा व्यवसायका लागि इजाजत दिने नवीकरण गर्ने, पर्यटकस्तरिय होटल तथा होमस्टेको इजाजत दिने तथा नवीकरण गर्ने र टुर गाइड, ट्रेकिंग गाइड, ट्रेकिंग पोर्टर, रिभर गाइड, लागतको इजाजत र नविकरणको काम गर्नेछन् ।

कार्यालयहरुले पर्यटक स्तरीय ३६१ होटल, ९२ वटा होमस्टे, ३ हजार २६२ वटा ट्राभल एजेन्सी,२ हजार ४१७ वटा ट्रेकिंग एजेन्सी, ८५ वटा रयाफ्टिग एजेन्सी, २१४ रिभर गाइड, ट्रेकिंग पोर्टर गाइड १७२, पर्यटन यातायात सेवा ७९, ट्रेकिंग गाइड १२९८१ र टुरिष्ट गाइड २७०१ गरि २२३६४ सेवाको अभिलेख व्यवस्थापन, नविकरण तथा सहजीकरण गर्नुपर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x