Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

चार्जिङ स्टेसन सम्बन्धि कार्यविधि बुझायो समितिले

चार्जिङ स्टेसन सम्बन्धि कार्यविधि बुझायो समितिले

काठमाडौं १२ भदौ । उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय सह–सचिव प्रविण अर्यालको संयोजकत्वमा बनेको समितिले मन्त्री वर्षमान पुनलाई विद्युतीय सवारी चार्जिङ स्टेसन सम्बन्धि कार्यविधि बुझाएको छ । समितिले बुधबार नै मन्त्री पुनलाई भेटी कार्यविधि बुझाएको हो ।
कार्यविधि बुझदै मन्त्री पुनले सरकारले अगाडी सारेको विद्युतीय सवारी साधनको प्रबद्र्धनका लागि मार्ग प्रशस्त भएको बताए ।

कार्यविधिमा सार्वजनिक स्थल, सरकारी तथा सार्वजनिक संस्थान, व्यापारिक आवासीय स्थलमा विद्युतीय सवारीका लागि चार्जिङ सेवा प्रदान गरिने छ । विद्युतीय सवारी साधन चार्जिङ सेवा उपलब्ध गराउन चाहने व्यक्ती वा संस्थाले नेपाल विद्युत प्राधिकरणबाट नियमानुसार लोड स्वीकृत गराइ चार्जिङ स्टेसन स्थापनाका लागि स्वीकृति लिनुपर्ने छ । चार्जिङ स्टेसनको नियमन र अनुगमन नेपाल विद्युत प्राधिकरणले गर्नेछ ।

त्यस्तै, सार्वजनिक चार्जिङ स्टेसनका लागि आवश्यक विद्युतको सहज आपूर्ती नेपाल विद्युत प्राधिकरणले गर्नेछ । जसका लागि आवश्यकता अनुसार वितरण प्रणालीको सुधार तथा क्षमता वृद्धि समेत प्राधिकरणले गर्नेछ । स्टेसन सञ्चालकले सौर्य विद्युत प्रयोग गरेर समेत उक्त सेवा दिन सक्नेछ । स्टेसनका लागि आवश्यक जग्गा, बाटोलगायत अत्यावश्यक पूर्वाधारको व्यवस्था सेवाप्रदायक आफैले गर्नुपर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x