Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

शुरु भयो काठमाडौं र ओसाका बीच नेपाल एयरलाइन्सको उडान

शुरु भयो काठमाडौं र ओसाका बीच नेपाल एयरलाइन्सको उडान

काठमाडौं,१२ भदौ  । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा वाइड बडी ए ३३० जहाजले पहिलोपटक ओसाका गन्तव्यमा सिधा उडानको औपचारिक शुरुआत गरेको छ ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक समारोहकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उद्घाटन गरे। विमानस्थलमा औपचारिक उद्घाटनपछि वाइड बडी जहाज राति २:३० बजे ओसाका लागि उडेको हो ।  ओसाका उडानमा पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, छ जना सांसद, मन्त्रालयका उच्च अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरण र निगमका प्रतिनिधि तथा सरकारी सञ्चारमाध्यम प्रतिनिधि भ्रमण टोलीमा सहभागी छन्। ओसाकाको पहिलो उडानमा यात्रु तथा भ्रमण टोलीका सदस्यसहित १३० जना सवार छन्।

निगमले २७४ यात्रु क्षमताको वाइड बडी ए ३३०–२०० जहाजबाट साताको तीन मङ्गलबार, बिहीबार र शनिबार काठमाडौँ–ओसाका नियमित उडान गर्ने जनाएको छ। निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ–ओसाकाको मूल्य अभिवृद्धि करसहित  ३६ हजार ९९९ नयाँ भाडादर निर्धारण गरेको छ। उक्त गन्तव्यमा दुई तर्फी भाडा  ७२ हजार ८१४ कायम गरिएको छ। एक महिनापछि नयाँ भाडादर कायम गरिने निगमले जनाएको छ। निगमले भ्रमण बर्ष २०२० लाई लक्षित गरी काठमाडौं ओशका उडान शुरु गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x