Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

ईट्टा उद्योगहरुमा डोजर लगाइएकोप्रति व्यवसायीहरुको आपत्ति

ईट्टा उद्योगहरुमा डोजर लगाइएकोप्रति व्यवसायीहरुको आपत्ति

काठमाडौं, १२ भदौ । गत आइतवार नमोबुद्ध नगरपालिकाले भकुण्डेवेशीमा सञ्चालित आठ वटा ईट्टा उद्योगहरु बन्द भएको बेला पारी डोजर लगाई भत्काएकोप्रति व्यवसायीहरुले आपत्ति जनाएका छन् । नेपाल ईट्टा उद्योग महासंघले काठमाडौंमा एक पत्रकार सम्मेलनमार्फत सो कार्यको विरोध गर्दै यस विषयमा संघीय सरकारको ध्यानाकर्षण गराएको हो ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष महेन्द्र चित्रकारले तहसनहस पारिएका उद्योगमा रहेका भौतिक संरचनाहरु, चिम्नी, पाकेका ईट्टा, कामदारहरुको वासस्थान र कार्यालय भवन आदिमा भएको क्षति कम्तिमा १० करोडको भएको जानकारी दिए । महासंघका अनुसार ईट्टा उद्योगबाट हुने प्रदुषणलाई घटाउने सन्दर्भमा विगतमा नगरपालिक र ईट्टा उद्योगीबीच भएको छलफललाई समेत आधार मानी ती उद्योगहरुमा प्रविधि प्रयोग गरी सरकारले तोकेको मापदण्ड भन्दा अत्यन्त कम मात्रै प्रदुषण गरिरहेको उनले बताए ।

त्यस्तै, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले महासंघको आग्रहमा वर्तमान सरकारले हरेक पालिकामा साना उद्याग ग्राम स्थापना गर्ने गरेको निर्णय कार्यान्वनयन गरी उद्योगलाई व्यवस्थित पार्नुको साटो नमोवुद्ध नगरपालिकाले आफ्नो पालिकामा सञ्चालित उद्योगलाई व्यक्तिगत रिसईबीका कारणले गर्दा तहसनहस गर्न डोजर चलाउनु निन्दनीय रहेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x