Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एक दर्जन कम्पनीले करिब डेढ करोड आईपिओ जारी गर्दै

एक दर्जन कम्पनीले करिब डेढ करोड आईपिओ जारी गर्दै

काठमाडौं १३ भदौ । नेपाल धितोपत्र बोर्डमा एक दर्जन भन्दा बढी कम्पनीले डेढ करोड प्राथमिक शेयर (आईपिओ) जारी गर्न स्वीकृति लिने प्रक्रियामा छन् । केही कम्पनी आईपिओ जारी गर्ने अन्तिम चरणमा पुगेका छन् भने केही कम्पनीले बोर्डमा आवेदन दिएका छन् ।

बोर्डका कम्पनीहरुले १ अर्ब ६२ करोड ९८ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको १ करोड ६२ लाख ९८ हजार ५ सय ६ कित्ता प्राथमिक सेयर निस्काशन गर्ने भएका छन् । आईपिओ जारी गर्ने कम्पनीमध्ये एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैकले ३३ करोड ९८ लाख ४ हजार ६ सय ३३ लाख ९८ हजार ४६ कित्ता आईपिओ जारी गर्ने तयारी गरेको छ । शुभम् पावरले ५ करोड ५८ लाख ८० हजार रुपैयाँ बराबरका ५ लाख ८० हजार ५ सय कित्ता, ग्रीनलाईफ हाईड्रोपावरले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरका ३४ लाख ९६ हजार ४ सय कित्ता, लिबर्टी इनर्जी कम्पनीले ३७ करोड ५० लाख रुपैयाँ बराबरका ३७ लाख ५० हजार कित्ता, युनाइटेड मार्दी एण्ड आरबी हाइड्रोपावरले १० करोड ६० लाख रुपैयाँ बराबरको १० लाख ६० हजार कित्ता आइपिओ निस्काशनको तयारी गरेको बोर्डले बताएको छ ।

साथै मैलुङ खोला जलविद्युतले ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरका ७ लाख ३६ हजार सय २ सय ८६ कित्ता, माउन्टेन इनर्जी नेपालले ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता, शिव श्री हाइड्रो पावरको ३३ करोड ५१ लाख १४ हजार रुपैयाँ बराबरका ३३ लाख ५१ हजार १ सय ४० कित्ता आईपिओ जारी गर्ने भएका छन् । प्राथमिक सेयर जारी गर्नेछन् । इमर्जिङ नेपालले ५ करोड रुपैयाँ बराबरका ५ लाख कित्ता, सिबिआइएल क्यापिटलले ३ करोड रुपैयाँ बराबरका ३ लाख कित्ता आईपिओ जारी गर्ने भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x