Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

मोदी र ओलीले रिमोट कन्ट्रोलमार्फत पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने

मोदी र ओलीले रिमोट कन्ट्रोलमार्फत पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने

काठमाडौं, १५ भदौ । नेपाल र भारतका दुवै प्रधानमन्त्रीले आफ्नै कार्यकक्षमा बसेर नेपाल- भारत पेट्रोलिनय पाइपलाइन ( मोतीहारी – अमलेखगन्ज ) को संयुक्त उद्घाटन गर्ने भएका छन् । आउदो भदौ २४ गते नेपालका प्रधानमन्त्री केपी ओलीले काठमाडौंबाट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने कार्यक्रम तय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलले जनाएको छ । मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले पाइपलाइनको रिमोट कन्ट्रोल अन गरेपछि अमलेखगन्जमा रहेको पाइपलाइनको भल्भ खुल्नेछ भने भारतबाट प्रधानमन्त्री मोदीले रिमोट कन्ट्रोलबाट उद्घाटन गर्दा मोतीहारीमा पाइपलाइनको भल्भ खुल्नेछ ।  पाइपलाइनबाट आएको डिजेल बाराको अमलेखगन्जमा रहेको डिपोमा जम्मा गरिने जनाइएको छ ।

राष्ट्रिय गौरवका परियोजनाको ढिलासुस्ती भए पनि राष्ट्रिय गौरवको परियोजना मोतीहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको काम भने निर्धारित समयभन्दा आठ महिनाअघि सकिएको थियो । परियोजना निर्माणका लागि नेपाल र भारतबीच ७ भदौ २०७२ मा यस परियोजनाको निर्माण मन्त्रिस्तरीय सम्झौता भएको थियो । पाइपालाइन परियोजनाको शिलान्यास २४ चैत २०७४ मा नेपाल र भारतका प्रधानमन्त्री केपी शर्मा ओली र नरेन्द्र मोदीबाट संयुक्त रूपमा गरेको थियो । पाइपालनको निर्माण २०१८ बाट सुरु गरेर २०२० माघमा महिना पाइपलाइनबाट तेल ल्याउने परियोजनको लक्ष्य रहेको थियो । पाइपलाइनको दूरी ६९.२ किलोमिटर छ । पाइपलाइनमा नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर पर्छ । औपचारिक रूपमा २४ भदौबाट आउने भए पनि परिक्षणका लागि पाइपलाइनबाट तेल एक महिनाअघि नै आइसकेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x