Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) मा सहभागी टिम, मालिक र टिम कप्तानको घोषणा

सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) मा सहभागी टिम,  मालिक र टिम कप्तानको घोषणा

धनगढी आउँदो चैत्र ५ गतेबाट सुरू हुने बहुप्रतिक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग ९डिपिएल० मा सहभागी टिम, टिम मालिक र टिम कप्तानको घोषणा गरिएको छ।
संयुक्त आयोजक धनगढी क्रिकेट एकेडेमी ९डिसिए० र सुदुरपश्चिमाञ्चल एकेडेमी ९एसपिए० ले बिहीबार राजधानीमा आयोजना गरेको एक कार्यक्रमका बीच प्रतियोगितामा सहभागी हुने टिम, टिम मालिक र टिम कप्तान सार्वजनिक गरेको हो।
प्रतियोगितामा देशभरिका छ वटा सहरहरूले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। जसमा सिवाइसी अत्तरिया, विराटनगर किङ्स, काठमाडौं गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, कञ्चनपुर आइकोनिक र टिम चौराहा धनगढी रहेका छन्।
घोषणा गरिएअनुसार राजकुमार श्रेष्ठले सञ्चालन गर्ने टिम चौराहा धनगढीको कप्तानमा राष्ट्रिय टिमका कप्तान समेत रहेका पारस खड्का छन्।
न्यू श्रृजनशील क्लबले सञ्चालन गर्ने टिम सिवाइसी अत्तरियाका कप्तान ज्ञानेन्द्र मल्ल छन् भने महालक्ष्मी केबलको सञ्चालन रहने विराटनगर किङ्सको कप्तान शरद भेषावकर छन्।
त्यस्तै, एसआर ग्रुपले सञ्चालन गर्ने रुपन्देही च्यालेन्जर्सको कप्तानीको जिम्मा शक्ति गौचनले पाएका छन् भने गोल्डनगेट इन्टरनेशनल कलेजको स्वामित्वमा रहने काठमाडौं गोल्डन्सको कप्तानी वसन्त रेग्मीले गर्नेछन् ।
त्यस्तै, सुदूरपश्चिमको अर्को सहर कञ्चनपुर आइकोनिकका मुख्य सञ्चालक पिताम्बर जोशी छन् भने कञ्चनपुर टिमको कप्तानी विनोद भण्डारीले सम्हाल्ने भएका छन्।
अक्सनमा आधारित हुने भनिएको प्रतियोगिताको कप्तानहरू भने गोलाप्रथाबाट छनौट गरिएको आयोजकले जनाएको छ। अक्सन प्रक्रियामा सहजीकरण होस् भन्ने उद्देश्यले मुख्य राष्ट्रिय खेलाडीहरूलाई सम्पूर्ण टिम सञ्चालकहरूको सहमतिमा गोलाप्रथाका माध्यमबाट टिममा राखिएको आयोजक डिसिएका अध्यक्ष सुवास शाहीले बताए।
त्यसैमा जोड दिँदै उनले भने, ‘प्रत्येक टिमका कप्तानले प्रतियोगिता खेलेवापत १ लाख ५० हजार पारिश्रमिक पाउनेछन्। कप्तानबाहेकका खेलाडीहरूको हकमा भने तोकिएको न्यूनतम् रकममा बढाबढ गर्दै टिममा समावेश गरिनेछ।’
अक्सनमा सहभागी हुन चाहने खेलाडीका लागि आयोजकले यसअघि नै दर्ता प्रक्रिया सुरू गरेको थियो। जहाँ कुल २ सय १७ खेलाडीले नाम दर्ता भएको र उनीहरूलाई चार समूहमा विभाजन गरेर अक्सनमा गराइने आयोजक डिसिएका अध्यक्ष शाहीले बताए। अक्सन यही २३ गते हुनेछ।
‘प्रतियोगितामा खेलाडी दर्ताका लागि हामीले निश्चित रकम फराम शुल्कको प्रावधान राखेका थियौं,’ शाहीले थपे, ‘क्सनको माध्यमबाट टिममा छनौट नहुने खेलाडीको हकमा भने उनीहरूको रजिष्ट्रेशन शुल्क फिर्ता हुनेछ।’
नेपाल क्रिकेट प्लेयर एसोसियसनको सहकार्यमा दर्ता भएका खेलाडीहरूलाई चार तहमा विभाजन गरिएको छ। जसको ए ग्रुपका खेलाडीहरूले न्यूनतम् ५० हजार, बी ग्रुपका खेलाडीको ३० हजार, सी ग्रुपकाको २५ हजार र डी ग्रुपका खेलाडीहरूको २० हजारबाट बोली सुरू हुनेछ। जुनसुकै ग्रुपका खेलाडीहरू टिमले लिन चाहेमा न्यूनतम रकममा बढाबढ गर्नुपर्नेछ।
आयोजकका अनुसार कुल अनुमानित लागत १ करोड ६० लाख रहेको प्रतियोगिताको बिजेताले १५ लाख, उपबिजेताले ७ लाख रूपैयाँ पाउनेछन्। प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार तथा म्यान अफ द सिरिजले मोटरसाइकल पाउनेछन्।
डिपिएल टि–२० को आधारमा खेलाइने आयोजकले जनाएको छ। लिग चरणमा प्रत्येक टिमले एकआपसमा एक–एक खेल खेल्ने छन्। शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन्। त्यसमा पहिलो र दोस्रो हुने टिमको बिजेता फाइनल पुग्नेछ। पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको बिजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछन् ।
आयोजक डिसिएका अध्यक्ष शाहीका अनुसार एसपिए कपको सुरुवात सन् २०१० ९४ लाख बजेट, प्रथम पुरस्कार २५ हजार० मा गरिएको थियो। सन् २०११ ९१३ लाख कुल बजेट, प्रथम पुरस्कार १ लाख०, सन् २०१३ ९२५ लाख बजेट, प्रथम पुरस्कार २ लाख० र सन् २०१५ को चौथो संस्करण ९६० लाख बजेट, बिजेतालाई ५ लाख, उपबिजेतालाई ३ लाख पुरस्कार० सम्पन्न भएको थियो।
त्यस्तै, पहिलोपटक विभिन्न पाँच वटा स्थानहरूको नामबाट टिम बनाएर गत वर्ष आयोजना गरिएको अक्सनमा आधारित सगरमाथा सिमेन्ट डिसिएल ३ मा बिजेतालाई ३ लाख र उपबिजेतालाई १ लाख ५० हजार रुपैयाँ पुरस्कार दिइएको थियो । दुबै प्रतियोगिताको मर्जर स्वरुप डिपिएल आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x