Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बैक तथा वित्तीय संस्थामा निक्षेप १८ प्रतिशत बढ्यो

बैक तथा वित्तीय संस्थामा निक्षेप १८ प्रतिशत बढ्यो

काठमाडौं, १६ भदौ । गत आर्थिक बर्ष २०७५÷७६ मा बैक तथा वित्तीय संस्थामा १८ प्रतिशतले निक्षेप बढेको छ । तर, अघिल्लो आवको तुलनामा भने करिब १ प्रतिशतले कम हो । केन्द्रिय बैकको तथ्यांक अनुसार अघिल्लो बर्षको सोही अवधिमा वित्तीय संस्थाको निक्षेप १९ दशमलव २ प्रतिशतले बढेको थियो ।

बैक तथा वित्तीय संस्थाहरुमा चल्ती, बचत, मुद्धती र अन्यबाट निक्षेप संकलन भएको छ । जसमध्ये मुद्धतीबाट सबै भन्दा बढी निक्षेप संकलन भएको छ । तथ्यांक अनुसार मुद्धीको हिस्सा ४६ दशमलव ६ प्रतिशत रहेको छ । बचतको ३२ दशमलव ८, अन्यको ११ दशमलव २ र चल्तीको ९ दशमलव ७ प्रतिशत हिस्सा रहेको छ । अघिल्लो आवको सोही अवधिमा भने मुद्धतीको हिस्सा ४४ दशमलव ८ प्रतिशत थियो भने बचतको ३४ दशमलव ५ प्रतिशत रहेको थियो । तथ्यांक अनुसार सेवाग्राहीले मुद्धतीमा भन्दा पनि बचतमा बढी निक्षेप राखेको देखिन्छ ।

त्यस्तै, २०७६ असार मसान्तसम्ममा बैक तथा वित्तीय संस्थामा कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५ दशमलव ३ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा भने यस्तो निक्षेपको हिस्सा ४५ प्रतिशत थियो । त्यस्तै गत आवमा वित्तीय संस्थाले निजी क्षेत्रमा गर्ने लगानी पनि घटेको छ । केन्द्रिय बैकको तथ्यांक अनुसार गत आवमा निजी क्षेत्रमा भएको कर्जा १९ दशमलव ४ प्रतिशतले बढेको छ । अघिल्लो आवको सोही अवधिमा भने यस्तो कर्जा २२ दशमलव ५ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये बाणिज्य बैंकहरुको कर्जा प्रवाह १७ दशमलव ५ प्रतिशतले बढेको छ । विकास बैंकको ३५ दशमलव ७, वित्त कम्पनीहरुको १७ दशमलव ९ प्रतिशतले कर्जा प्रवाह बढेको छ ।

घरजग्गामा कर्जा बढ्यो
गत आवमा घर जग्गाको कर्जा रकम बढेको छ । तथ्यांक अनुसार गत आवमा वित्तीय संस्थाले गरेको कुल लगानीमध्ये घर जग्गा कर्जाका हिस्सा ६४ दशमलव ४ प्रतिशत छ । अघिल्लो आवको सोही अवधिमा भने यस्तो कर्जा जम्मा ६१ दशमलव ७ प्रतिशत मात्रै थियो । साथै कृषि तथा गैर कृषिजन्य बस्तुमा गरेको लगानीको हिस्सा १३ दशमलव ५ प्रतिशत छ । अघिल्लो आवको सोही अवधिमा यस्तो कर्जाको हिस्सा १४ दशमलव ४ प्रतिशत थियो ।

वित्तीय संस्थाको कृषि क्षेत्रतर्फको कर्जा हिस्सा ४२ दशमलव ५, आद्योगिक उत्पादनमा २० दशमलव ३, निर्माण क्षेत्रमा २२ दशमलव २ हिस्सा रहेको छ । साथै यातायात, सञ्चार तथा सार्वजनिक क्षेत्रतर्फको कर्जाको हिस्सा ३२ दशमलव ८ प्रतिशत छ । खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १५ दशमलव ७, सेवा उद्योगमा २४ दशमलव ३ प्रतिशत रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x