Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बैदेशिक रोजगारीमा जानेको अनिवार्य बैक खाता हुनुपर्ने

बैदेशिक रोजगारीमा जानेको अनिवार्य बैक खाता हुनुपर्ने

काठमाडौ १७ भदौ । बैदेशिक रोजगारीमा जाने कामदारको अनिवार्य रुपमा बैक खाता हुनुपर्नेछ । बैदेशिक रोजगार विभागले सोमबार देखि बैक खाता हुनुपर्ने व्यवस्था गरेको हो ।
विभागको नयाँ व्यवस्था अनुसार कामदारहरुले श्रम स्वीकृत लिने समयमा नै आफनो बैक खाता भएको प्रमाण बुझाउँनु पर्नेछ । कामदारको आफनै नभए आफनो नजिकको नातेदारको नाममा भएको बैक खाताको प्रमाण बुझाउँनुपर्नेछ ।

विभागले बैक खाताको व्यवस्थालाई केही दिन परिक्षण रुपमा लागू गर्ने बताएको छ । यस बिषयमा कामदारहरु सुचित भए पछि आगमी असोज देखि भने अनिवार्य गरिने विभागका महानिर्देशक डा.भिष्म कुमार चालिसेले बताए ।

बैदेशिक रोजगारमा जाने गर्ने आर्थिक कारोबारलाई औपचारिक प्रणालीमा ल्याउँन विभागले यस्तो व्यवस्था गरेको हो । केन्द्रिय बैकको तथ्यांक अनुसार गत आर्थिक बर्षमा ८ खर्ब ७९ अर्ब रुपैयाँ विप्रेषण आप्रवाह भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x